झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
२० पटक हेरिएको
Shares
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता

सारांश

  • झापामा मनोनयन दर्तालाई सहज र सरल बनाउन सरोकारवालासँग लिखित सम्झौता गरिएको छ राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे लिखित सम्झौता गरिएको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोपाल आचार्यले जनाकारी दिनुभयो ।
  • उहाँकाअनुसार निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न, मनोनयन शान्तिपूर्णरूपमा सम्पन्न गर्न र कोणसभा व्यवस्थित गर्न आ–आफ्नो तर्फबाट प्रयास गर्ने सम्झौता भएको छ ।
  • मनोनयनपत्र दर्ताका लागि झापाको भद्रपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित पाँचवटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ ।

झापामा मनोनयन दर्तालाई सहज र सरल बनाउन सरोकारवालासँग लिखित सम्झौता गरिएको छ

राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे लिखित सम्झौता गरिएको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोपाल आचार्यले जनाकारी दिनुभयो ।

उहाँकाअनुसार निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न, मनोनयन शान्तिपूर्णरूपमा सम्पन्न गर्न र कोणसभा व्यवस्थित गर्न आ–आफ्नो तर्फबाट प्रयास गर्ने सम्झौता भएको छ ।

मनोनयनपत्र दर्ताका लागि झापाको भद्रपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित पाँचवटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ ।

क्षेत्र नं १ र ३ को जिल्ला समन्वय समितिको कार्यालयमा क्षेत्र नं २ को जिल्ला शिक्षा कार्यालयमा, क्षेत्र नं ४ को जिल्ला स्काउट कार्यालयमा र क्षेत्र नं ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं ३ मा मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला न्यायाधीश खिलानाथ रेग्मी र निर्वाचन अधिकृतको रूपमा क्षेत्र नं १ मा सर्वोच्च अदालत काठमाडौँका इजलास अधिकृत शिवप्रसाद पराजुली, क्षेत्र नं २ मा सोही अदालतका उपरजिष्ट्रार इन्दिरा शर्मा, क्षेत्र नं. ४ मा सोही अदालतका इजलास अधिकृत प्रेम खड्का र क्षेत्र नं ५ मा इजलास अधिकृत शकुन्तला कार्की खटिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयले मनोनय दर्ता प्रक्रिया शान्तिपूर्णरूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ । प्रहरी उपरीक्षक विष्णुकुमार केसीले मनोनयन दर्ता शान्तिपूर्णरूपमा सम्पन्न गर्न सुरक्षाको व्यवस्था मजबुद बनाएको र आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि दल दर्ताको सूचना
तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि दल दर्ताको सूचना
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)
प्रदेशसभाका समानुपातिक सांसद टुंग्याउन राजपा बैठक
प्रदेशसभाका समानुपातिक सांसद टुंग्याउन राजपा बैठक
सर्पदंश विरुद्ध सुई वितरण
सर्पदंश विरुद्ध सुई वितरण
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै
सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी
सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी

तपाईंले छुटाउनुभयो कि?