घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको पहिलो दिन आइतवार बढेको सुनको मूल्य आज दोश्रो दिन भने घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको पहिलो दिन आइतवार बढेको सुनको मूल्य आज दोश्रो दिन भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज पनि चाँदीको मूल्य भने स्थिर छ । बिहीबार, शुक्रबार र आइतवार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?