विश्वकप फुटबलमा बाजी थाप्दै हुनुहुन्छ! होसियार हुनु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
३० पटक हेरिएको
Shares
विश्वकप फुटबलमा बाजी थाप्दै हुनुहुन्छ! होसियार हुनु

सारांश

  • काठमाडौं ।
  • अहिले रसियामा चलिरहेको विश्वकपमा बाजी थाप्नेहरुलाई प्रहरीले धमाधम प्रक्राउ गरेको छ ।
  • विश्वकपमा कुन टिमले जित्छ भन्नेमा लाखौंको सट्टेबाजी राख्नेहरुलाई पक्राउ गर्न थालेको हो ।

काठमाडौं । अहिले रसियामा चलिरहेको विश्वकपमा बाजी थाप्नेहरुलाई प्रहरीले धमाधम प्रक्राउ गरेको छ ।

विश्वकपमा कुन टिमले जित्छ भन्नेमा लाखौंको सट्टेबाजी राख्नेहरुलाई पक्राउ गर्न थालेको हो । शनिबार नगद र चेक गरी ६ लाख रुपियाँसहित तीनजनालाई पक्राउ गरेको छ ।

विश्व कप फुटवल प्रतियोगितामा सट्टेबाजी गर्ने बुढानिलकण्ठ नगरपालिका–१० निलोपुल बस्ने ३३ वर्षीय अर्नुप श्रेष्ठ, ४४ वर्षीय राजकुमार भडेल र ३४ वर्षीय सुरेन्द्र मानन्धरलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद २ लाख ६ हजार ७ सय २० रुपैयाँ, बैंकको चेक ४ लाख १५ हजार रुपैयाँको, बैंकमा डिपोजिट गरेको १४ लाख ५० हजारको रसिद, आईएमईबाट झिकेको ६१ हजार ९ सय ३२ रुपैयाँको रसिद सहित शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?