घडियाल गोहीको संरक्षणमा चुनौती

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
घडियाल गोहीको संरक्षणमा चुनौती

सारांश

  • रत्ननगर, फागुन ६, संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ ।
  • यसको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जले कसरामा ४० वर्षदेखि गोही प्रजनन केन्द्र स्थापना गरेको छ ।
  • निकुञ्जले प्रजनन केन्द्रमा गोही संरक्षण गर्दै आए पनि प्रकृतिमा छाडिएका गोहीको सङ्ख्यामा भने वृद्धि आउन सकेको छैन ।

रत्ननगर, फागुन ६, संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ ।

यसको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जले कसरामा ४० वर्षदेखि गोही प्रजनन केन्द्र स्थापना गरेको छ । निकुञ्जले प्रजनन केन्द्रमा गोही संरक्षण गर्दै आए पनि प्रकृतिमा छाडिएका गोहीको सङ्ख्यामा भने वृद्धि आउन सकेको छैन ।

निकुञ्जले वर्षेनी पाँच वर्ष उमेर पुगेका १५० वटाभन्दा बढी घडियालाई राप्ती, नारायणी तथा बबई नदीमा छाड्ने गरेको छ । निकुञ्जको तथ्याङ्कअनुसार अहिलेसम्म एक हजार ३०० भन्दा बढी गोही नदीमा छाडिसकिएको छ ।

निकुञ्जका अनुसार हाल यी नदीमा जम्मा २०० वटा घडियाल भेटिन्छन् । प्रजनन केन्द्रले राप्ती तथा नारायणी नदीको जोखिमयुक्त ठाँउमा रहेका घडियालका गुँडबाट अण्डा सङ्कलन गरी यसबाट बच्चा उत्पादन गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिनुभयो ।

“एउटा घडियाललाई पाँच वर्षको बनाउन करीब रु १० लाख खर्च हुन्छ” उहाँले भन्नुभयो, “वर्षेनी गोहीलाई नदीमा छाड्ने गरे पनि सङ्ख्यामा भने वृद्धि आएको छैन । यसको मुख्य कारण पानी प्रदूषण नै हो ।”

गोहीको बासस्थानमा भइरहेको गिट्टी बालुवाको उत्खनन, माझीको तियारी जालमा परेर गोही मर्ने र केही गोहीलाई बाढीले भारततिर बगाउँदा गोहीको संरक्षणमा थप चुनौती देखिएको खड्काले बताउनुभयो । निकुञ्जको तथ्याङ्कअनुसार गत भदौदेखि माघसम्म तियारी जालमा परेर ४ वटा घडियाल मरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले नदीमा हुने प्रदूषण र जलचर प्राणीलाई असर गर्ने गतिविधि नरोकिए घडियाल लोप भएर जाने बताउनुभयो । घडियालले अण्डा पार्नेदेखि बच्चा जन्माउने काममा बालुवाकै प्रयोग गर्ने भएकाले गोही पाइने क्षेत्रमा नदीजन्य पदार्थको उत्खननमा पूर्णरूपमा रोक लगाउनुपर्ने उहाँको भनाइ छ ।

घडियाल संरक्षण गर्न १० जना कर्मचारी खटिएका छन् । केन्द्रले गोहीको आहाराको लागि वार्षिक १३ सय किलो पोखरीको माछा खुवाउने गरेको छ । गोहीको क्षेत्रमा ठूलो खर्च भए पनि प्राकृतिकरूपमा यसको सङ्ख्यामा वृद्धि नहुँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?