कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै !
सारांश
- काठमाडौैं, १ जेठ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट २०७४ माघ २९ मा बिदा भएका दीप बस्नेतले मिडिया उद्योगमा लगानी गर्न लागेका छन् ।
- स्रोतका अनुसार बस्नेतले जागिरे जीवनमा झापाको मालपोत कार्यालय प्रमुखदेखि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदै भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदासम्म नै बीसौ करोड रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो ।
काठमाडौैं, १ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट २०७४ माघ २९ मा बिदा भएका दीप बस्नेतले मिडिया उद्योगमा लगानी गर्न लागेका छन् ।
स्रोतका अनुसार बस्नेतले जागिरे जीवनमा झापाको मालपोत कार्यालय प्रमुखदेखि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदै भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदासम्म नै बीसौ करोड रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । उनी त्यही रकम खर्चेर सुशील कोइराला सरकारका बाणिज्य मन्त्री सुनिलबहादुर थापाको कोटामा अख्तियारको आयुक्तमा नियुक्ति हुन सफल भएका थिए ।
अख्तियारमै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा जागिर खाएको उजुरी परेका बस्नेत जस्ता विवादास्पद पात्रलाई कोइराला सरकारले आयुक्त बनाएको थियो । उनी अख्तियारबाट बिदा भएपछि उनले उमेर समेत ढाँटेको खुलेको छ ।
नागरिकतामा उनकी कान्छी बहिनी भगवती बस्नेत कोइराला भन्दा पनि बस्नेत एक बर्ष कान्छो देखिन्छ । यसरी कान्छी बहिनीको भन्दा उमेर घटाएर नागरिकता बनाएका बस्नेतले अख्तियारमा गएपछि अरबौं रकम थुपारेको आरोप छ । त्यो धन उनले विभिन्न केही ब्यापारीमार्फत् लगानी गरेका छन् । तिनैमध्येका ब्यापारी हुन्, जनकपुरका विश्वनाथ साह । बलवान छाप सूर्ति उत्पादन गर्ने साह मसला कटेज रेष्टुरेन्टका पनि संचालक हुन् । छोटो समयमा अरबौैको कारोबार गर्ने ब्यापारीका रुपमा उदाएका साहमार्फत् दीप बस्नेतले मिडियामा पनि लगानी गरेका छन् साँघु साप्ताहिकमा खबर छ। बस्नेतका छोरा कमल बस्नेतले साहमार्फत् १० करोड लगानी गरेको स्रोतले बताएको छ । नेपाल समय नामक अनलाइनमा दीप बस्नेतकै सल्लाहमा साहले सबै विचारधाराका पत्रकारहरुलाई राखेका छन् ।
कान्तिपुरको नेपाल म्यागेजिन हुँदै अनलाइन खबर डटकममा पुगेका उपेन्द्र पोखरेल, अन्नपूर्ण पोष्ट हुँदै पूर्वएसएसपी विक्रमसिंह थापाको नेपाल तारा डटकमको सम्पादक भएका विष्णु सुवेदी र अन्नपूर्णकै बालकुमार नेपाल समेत स्तम्भरकार मुमाराम खनाललाई संचालन हुनु २ महिनाअघि नै नेपाल समयले अनुबन्ध गरिसकेको छ ।
दीप बस्नेतले अख्तियारको प्रमुख आयुक्त भएपछि महत्वपूर्ण मन्त्रालय गृह, अर्थ, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात आफैले हेर्नेगरी १ नम्बर महाशाखामा राखेका थिए । आयल निगमको जग्गा खरिद प्रकरणमा डेढ अर्ब रुपैयाँ घोटाला भएको बिषय, पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल, एआइजी विजयलाल कायस्थको अकूत सम्पत्तिको मुद्दादेखि सडकको अरबौं भ्रष्टाचारमा उनले असुली गर्दै उन्मुक्ति दिएका थिए । अकूत सम्पत्तिमा छानबिन गरेको हल्ला चलाएर सचिव अर्जुनकुमार कार्की, गजेन्द्र ठाकुर, सडक विभागका पूर्वमहानिर्देशक माधवकुमार कार्की, उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीदेखि प्रहरी र सशस्त्रका उच्च अधिकारीसँग पनि उनले मोलमोलाई गर्दै उन्मुक्ति दिने काम गरेको आरोप छ । बस्नेतले पीए लक्ष्मण बास्तोलामार्फत् अर्थ मन्त्रालयका ३० भन्दा बढी अरबपति नायबसुब्बादेखि सहसचिव केवल भण्डारी, निर्मलहरि अधिकारीहरुबाट ३० देखि १ करोड रुपैयाँसम्म असुली उजुरी मुल्तवीमा राखेको आरोप लागेको छ । उनीहरुबाट रकम मोलमोलाई गर्ने काम लक्ष्मण बास्तोलाले गरेका थिए ।
यी केही दृष्टान्त हुन्, बस्नेतले अख्तियारको प्रमुख आयुक्त पदलाई पैसा छाप्ने मेसिन नै बनाएका थिए । उनले एक बर्षको बीचमा १० अर्बको हाराहारीमा तर्साउँदै असुलेको आरोप छ । जुन कालोधन सेतो बनाउन उनका छोरा कमल बस्नेतले नक्साल बैंक्वेट खरिद गरेका छन् । घाटामा संचालित उक्त बैंक्वेट बस्नेतका छोराले लिएपछि ब्यापक नाफामा जान थालेको छ । बैंक्वेट नचले पनि कागजमा भने दिनरात चलेको देखाएर अख्तियारबाट छापेको पैसा बैध बनाउन तल्लीन छन् ।
अख्तियारमा अरबौं घुस लिएर मात्र नपुगी बस्नेतले बिदा हुने बेलामा ठूला उजुरीका फाइलहरु फोटोकपी गरेर घरमा लगेको आरोप बस्नेतमाथि छ । अब मिडिया चलाएपछि ती फाइल हेर्दै उनी थप बार्गेनिङ गर्ने दाउमा लागेको स्रोतले बताएको छ । कर फस्र्योट आयोगका सबै फाइल लगेर उनले कर मिनाहा भएका ब्यापारी र उद्योगीसँग थप बार्गेनिङ गरेको स्रोतले बताएको छ । कर मिनाहाको निर्णय कार्यान्वयन नहुने भन्दै तर्साएपछि ठूला ब्यापारीले उनलाई घुस बुझाएर जोेगिएको विस्तारै खुल्न थालेको छ ।
Om Sunuwar
ल यो यो सबि यस्ले गरेको कुकृत्यको सुची सहित तयार पार्न सक्ने काँ काँ के कत्ती यस्ले लुट्यो भन्ने सबै कुरा थाहा पाउदा पाउदै पनि यस्लाइ पदमै आशिन हुनदिइ देश डुबाउने को हो ? र यस्को सबै सम्पत्ति जफत गरि रास्टृय ढुकुटिमा किन राखिन्न ? काँ गयो नेपालको कानुन ? अख्तियार दुरुपयोग अनुसन्धान भनेको यस्तै चोरहरुको खाने महल मात्रै हो ।
Resham Khadka
नेपालको ठुलो लुटेरा।कस्को हिम्मत। आफुलाई डन पत्रकार ठान्ने रबि लामिछानेले यिनि दिप बस्नेतलाई पक्रेर देखाउन तब हामी नेपालीले भन्ने छौ रबि लमिछाने जिन्दाबाद र उनलाई असली डन (मर्द) ठान्ने छौ। अहिले रबिले १००० देखी ५ लाख सम्म घुस खायो भन्दै आफुलाई चर्चामा ल्याउन सामाजिक संजालमा मिडियाबाजी मात्र गरेका छन रबिलाई प्रयोग तिनै दिप बस्नेतले आफु अख्तियार प्रमुख हुदा स्थापित गरिदिएका हुन