पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्रीलाई परिवारले पनि साथदिएनन् !

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्रीलाई परिवारले पनि साथदिएनन् !

सारांश

  • काठमाडौं, १६ भदाै ।
  • बलात्कारको विरोधमा पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्री सुवेदीले अहिले अर्को बहसमा फसेकी छिन् ।
  • उनले तीन दिन अगाडि पत्रकारहरु जम्मा गरेर आफ्नो लामो कपालमा रेजर लगाइन् ।

काठमाडौं, १६ भदाै । बलात्कारको विरोधमा पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्री सुवेदीले अहिले अर्को बहसमा फसेकी छिन् । उनले तीन दिन अगाडि पत्रकारहरु जम्मा गरेर आफ्नो लामो कपालमा रेजर लगाइन् ।

सांकेतिक विरोधका लागि टाउको मुडुलो बनाएकी सावित्री यतिबेला खिन्न भएकी छिन् । आफ्नो यो ‘साहसिक’ कदममा परिवारदेखि साथीभाइ कसैको पनि समर्थन नपाएको उनको दुखेसो छ ।

‘एउटी केटी मान्छेका लागि कपालको ठूलो महत्व हुन्छ, मैले आफ्नो कपाल खौरेर बलत्कारपीडित समस्त चेलीहरुका लागि बलिदानी गरेकी हुँ,’ उनले भनिन्, ‘तर, समाजले मलाई खराब नजरले हेरिरहेको छ । फेसबुकमा मुडुली र तक्लु भनेर जिस्क्याइरहेका छन् ।’

महिला अधिकारकर्मी सुवेदीले कपाल खौरिने निर्णय लिएपछि आफ्ना साथीहरुसँग प्रस्ताव राखिन् । तर, पेटीकोट प्रर्दशनमा साथ दिएका अन्य युवतीहरुले उनलाई यसमा भने साथ दिएनन् । ‘परिवारले गाली गर्नुहुन्छ भनेर कसैले मानेनन्,’ सुबेदीले भनिन् ।तर, अरु युवतीहरुले नमाने पनि ४ जना युवाहरुले उनीसँगै कपाल मुन्डन गरेर साथ दिए ।

सरस्वतीलाई आफ्नै परिवारले पनि साथ दिएको छैन । बुवाआमाले फोन गरेर गाली गरिरहेका छन् । सँगै बस्ने दाजु पनि असन्तुष्ट छन् । अहिले घरबाहिर निस्किँदा सरस्वती सलले टाउको छोपेर निस्किन्छिन् । विरोधका लागि मुन्डन गरेको कपाल किन छोपेर हिँड्नुहुन्छ त भन्ने प्रश्नमा सावित्रीले भनिन्, ‘के गर्नु, मानिसहरुले राम्रो दृष्टिकोणले हेर्दैनन् ।’

त्यसो त आन्दोलनको यो शैलीले देशभरका थुप्रै युवतीहरुलाई प्रभावित बनाएको उनको दावी छ । उनी भन्छिन्- ‘मलाई धेरै ठाउँबाट दिदीबहिनीहरुले फोन गरेर आफूहरु पनि कपाल मुन्डन गर्न इच्छुक रहेको बताइरहनुभएको छ र मलाई उपस्थित हुन डाकिरहनु भएको छ ।’शावित्रीले कपाल मुण्डन आन्दोलनाई व्यापक बनाउन विभिन्न जिल्लामा जान लागेको जानकारी दिइन् ।

उनले भनिन्- ‘मलाई पनि लरक्क परेको लामो कपाल पालेर राम्री भएर हिँड्न मन थियो नि, तर जीवनमरणको आन्दोलनमा होमिएपछि जाबो कपालको के माया ?’सामाजिक अभियन्ता सुवेदीले बलत्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था नभएसम्म आफूले थरीथरी आन्दोलन गरिरहने बताइन् । ‘अहिले देशको जुनसुकै कुनामा बलात्कार हुनासाथ मलाई फोन आउँछ र म सकभर त्यो ठाउँमा पुग्छु,’ सावित्राले भनिन्, ‘मबाट महिला दिदीबहिनीहरुले धेरै आशा गर्नुभएको छ ।’

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Gaire Jhabindra

    आफ्नै घर परिवार लाई आफ्नो कुरा मनाउन न सक्ने मान्छे चले संसार लाई सिकाउन ….

    Comment Author

    Prakash Thapa

    होइन फाँसी भनेको त 3 मिनेट को संजाय होइन र बलात्कारको लागि त आजिवन जेल को संजाय पो माग गर्नु पर्छ त।

    Comment Author

    Prabhat Kiran

    बलत्कारकाे बिराेध गर्नु पर्छ तर तरिका काे बिराेधि म पनि हुँ।

    Comment Author

    Udaya Tulachan

    बलत्कारिलाई कडा से कडा संजाय दिनुपर्छ त्यस्मा कसैको दुई मत हुनसक्दैन।तर त्यो माग गर्न पेटिकोट्नै लगाएर अर्धनग्न हुनुपर्छ र?

    Comment Author

    Bishwodev Bhattarai

    Mero Saath chha, yetro sahas garnu nai aaru mahila adhulikarkarmi lai chunauti Ho..

    Comment Author

    Jiiban Raii

    Sajha party ko karya karta bhayera kina natak dherai inko ! Samaj sewi hau bhane kina sajha ko ase pase bhara hidchhau

    Comment Author

    Dhan Singh

    नाटक मात्र हाे

    Comment Author

    Prem Bhusal

    ठिक गरे परिवारले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?