गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो खगेन्द्र थापा मगरलाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो खगेन्द्र थापा मगरलाई

सारांश

  • काठमाडौं, माघ ५ ।
  • हिँड्‍डुल गर्न सक्ने विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार मृत्यु भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ।
  • बाग्लुङ जिल्लाका खगेन्द्र दुई फिट ४१ इञ्च अर्थात् ६७।

काठमाडौं, माघ ५ । हिँड्‍डुल गर्न सक्ने विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार मृत्यु भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ।

बाग्लुङ जिल्लाका खगेन्द्र दुई फिट ४१ इञ्च अर्थात् ६७।०८ सेन्टिमिटरका थिए।गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रले आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न नदिएको बताएको छ।सन् २०१० मा १८ वर्षको उमेरमा उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा होचा व्यक्तिका रूपमा दर्ता गरेको थियो।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रको मृत्युको खबरले दुःखी भएको विज्ञप्तिमार्फत् जनाएको छ।उनका पिता रूपबहादुर थापा मगरले उनी जन्मिँदा हातमा अटाउने र नुहाइदिन गाह्रो हुने कुरा सम्झेको पनि विज्ञप्तिमा उल्लेख छ।

⁣⁣सन् २०१० मा खगेन्द्रलाई इटलीमा भेटेका गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले भनेका छन । ‘खगेन्द्र अब हामीसँग नरहेको भन्ने नेपालबाट खबर सुनेर हामी निकै दुःखी भएका छौँ।’उनको चम्किलो मुस्कानले उनलाई भेटने जो कोहीको पनि मन पग्लिन्थ्यो’ उनले लेखेका छनु् ।

धेरै होचा मानिसको अनुभवमा मात्र छ किलोको हुँदा जीवन चुनौतीपूर्ण हुन्छ र औसत व्यक्तिका लागि बनेको विश्वमा मिल्न गाह्रो हुन्छ।तर खगेन्द्रले आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न दिएनन्।

उनले थपेका छन्स् ूउनी र उनको परिवारलाई चिन्नु एउटा सम्मान थियो र उनको कथा विश्वसँग बाँड्न सक्नु विशेषाधिकार पाउनु सरह थियो।ू

खगेन्द्र थापा मगरले सन् २०१० मा भनेका थिएस् म आफूलाई सानो मान्छे ठान्दिनँ। म ठूलो मान्छे हुँ। म आशा गर्छु यो कीर्तिमानले मलाई त्यो कुरो प्रमाणित गर्न एवम् म र मेरो परिवारलाई घर बनाउन सघाउँछ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा हिँड्‍डुल गर्न सक्ने र नसक्ने दुई प्रकारका होचा मानिसहरूको नाम लेखिन्छ।फिलिपिन्सका ५९।९३ सेन्टिमिटरमा जुनरे बालाविङ् हिँड्‌डुल गर्न नसक्ने सबैभन्दा होचा व्यक्ति हुन्।

नेपालकै ५४।६ सेन्टिमिटरका चन्द्रबहादुर डाँगी पत्ता लागेपछि थापा मगरले सबैभन्दा होचा व्यक्तिको उपाधि गुमाएका थिए। तर चन्द्रबहादुरको सन् २०१५ मा मृत्यु भएपछि पुनस् खगेन्द्रको नाम लेखियो।खगेन्द्रको मृत्युपछि संसारको सबैभन्दा होचा व्यक्ति कोलम्बियाका ७०।२१ सेन्टिमिटरका ३२ वर्षीय इडवार्ड फर्नान्डेज भएका छन्। ⁣बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?