नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२९ पटक हेरिएको
Shares
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट

सारांश

  • काठमाडौं, माघ २५ ।
  •   आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियाबाट एक सय ३९ रनको लक्ष्य पाएको छ ।
  • टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ३२ ओभर दुइ बलमा सबै विकेट गुमाएर एक सय ३८ रनमा समेटियो ।

काठमाडौं, माघ २५ ।  आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियाबाट एक सय ३९ रनको लक्ष्य पाएको छ ।

टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ३२ ओभर दुइ बलमा सबै विकेट गुमाएर एक सय ३८ रनमा समेटियो ।

नामिबियालाई सस्तोमा समेट्न स्पिनर सन्दिप लामिछानेले चार तथा साेमपाल कामीले तीन विकेट लिए। शरद भेषावकर, बसन्त रेग्मी र पारस खड्काले एक एक विकेट हात पारे।

नामिबियाका क्रेग कोलिन्स ४१ तथा जेन ग्रिन र जान फ्रिलिन्कले २२/२२ रन बनाए। स्टेफान बार्डले १८ र जेजे स्मिथले रन बनाए ।

सन्दिपले आठ ओभर दुइ बलमा दुई मेडन राखेर १८ रन खर्चिए । सोमपालले सात ओभरमा एक मेडन राखेर ३५ रन दिए। पारसले चार ओभरमा दुई मेडन राखेर १६ रन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?