गस्तीमा रहेका प्रहरीमाथि खुकुरी आक्रमण
सारांश
- अस्बिन खडका प्रदेश १ चैत २१ ।
- झापाको भद्रपुर नगरपालिका,४ स्थित पुरी चोकमा गएराती गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएको छ।
- आक्रमणका क्रममा खुकुरी लागेर २ प्रहरी घाइते भएका छन् घाइते हुनेमा इलाका प्रहरी कार्यालय दमक दरबन्दी भइ प्रहरी चौकी महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी चौकी चारआली दरबन्दी भइ सोही कार्यालयमा कार्यरत जवान पुण्यप्रसाद पोखरेल भएको प्रहरीले जनाएको छ।
अस्बिन खडका
प्रदेश १ चैत २१ ।
झापाको भद्रपुर नगरपालिका,४ स्थित पुरी चोकमा गएराती गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएको छ। आक्रमणका क्रममा खुकुरी लागेर २ प्रहरी घाइते भएका छन् घाइते हुनेमा इलाका प्रहरी कार्यालय दमक दरबन्दी भइ प्रहरी चौकी महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी चौकी चारआली दरबन्दी भइ सोही कार्यालयमा कार्यरत जवान पुण्यप्रसाद पोखरेल भएको प्रहरीले जनाएको छ।
पुराणको आयोजना गरिएको पुण्यप्रसाद पुरीको घरमा गस्ती जाँदै गर्दा मादक पदार्थ सेवन गरेका स्थानीय ३५ वर्षीय सुवास राइले प्रहरीलाई खुकुरी प्रहार गरेको जनाइएको छ।
घाइते दुवै प्रहरीको अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने प्रहरीमाथि आक्रमण गर्ने सुबास राईलाई भने नियन्त्रणमा लियर राखेको वडा प्रहरी कर्यालय भद्रपुरले जनाएको छ।
Ramchandra Pyakurel
समात्ने हैन ति सुट गर्नु पर्ने प्रहरी आक्रमण गरने लाई