अरुलाई प्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउने प्रचण्ड रहर
सारांश
- काठमाडौं, २७ फागुन ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई धेरैभन्दा धेरैलाई प्रधानमन्त्री बनाएर आफूले चाहिँ गिनिजबुकमा नाम लेखाउने रहर जागेको छ ।
- उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत जाहेर गर्दै सदनमा बोल्ने क्रममा त्यस्तो इच्छा व्यक्त गरेका हुन् ।
काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई धेरैभन्दा धेरैलाई प्रधानमन्त्री बनाएर आफूले चाहिँ गिनिजबुकमा नाम लेखाउने रहर जागेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत जाहेर गर्दै सदनमा बोल्ने क्रममा त्यस्तो इच्छा व्यक्त गरेका हुन् ।
पछिल्ला १० जना प्रधानमन्त्रीमध्ये ८ जनालाई प्रधानमन्त्री बनाउन आफूले कुनै न कुनै रुपमा भूमिका खेलेको स्मरण गर्दै उनले गिनिजबुकमा नाम लेखाउने रहर व्यक्त गरेका हुन् । कतिलाई सांसद बनाउन प्रत्यक्ष भूमिका खेलेको त कतिलाई आफूले नै प्रधानमन्त्री प्रस्ताव गरेको उनले स्मरण गरे । उनले आफूले सांसद र प्रधानमन्त्री बनाएका कसैको नाम भने लिएनन् ।
“प्रधानमन्त्रीको कार्यकक्षमा बसेर यसो हिसाव गरेको पछिल्ला १० मध्ये ८ प्रधानमन्त्री बनाउने अवसर मलाई प्राप्त भएछ”, प्रचण्डले जिज्ञासा राखे, “अब कति प्रधानमन्त्री बनाइयो भने गिनिज बुकमा नाम लेखिन्छ होला ?”
यसपटक एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउँदा आफूलाई फरक अनुभूति भएको उनले बताए । यो चानचुने कुरा नभएको भन्दै अहिलेको व्यवस्थालाई परम्परागत संसदीय व्यवस्थाका रुपमा मात्र नबुझ्न प्रधानमन्त्री ओली र सबै पक्षलाई आग्रह गरेका छन् ।
Kaiash Pati Tharu
good
Kedar Shrestha
Milx vani diupalai banai dinu ta .padko voko manxilai
Magarathuldai Thada
क्यार्चौ त दुई ठुला दल नमिल्ने बहुमत पनि नआका । कहिले कस्ले कहिले कस्ले तिमिलाई प्रयोग गरेर प्रम भाका हुन । तिम्रा मध्यस्थतालेबनेको होइन । कहिले काहीँ तिमिलाई प्रम दिन्छु तेता नबस भन्दै बोलायर प्रम बन्ननी पाका हौ सारालाई थाहा भको कुरा हो कामरेड।।
Hipte Lim
Yestalai nepali vasama dhaichiure vanin cha
Lila Dhar Adhikari
Do something new
Mohan Kayasta
Change PM every six months to reach that scale .
Rana Tejendra
Jaye nepal
Pratap Kiran
Thulo netale sanu kura garer vau khojeko suhaudaina
Manoj Kafle
?
Renu Shrestha
Good luck
Ram Bdr Bhandari Rawaph
Hamro ni palo aauxa ki k ho ?
Manoj Kafle
Apechhyaa kunthit jasto laagyo, waa ghamand , 2 maa eak???
Hari Prashed Wagle
pagal pan.
Shukra Kumar Sulpe
यदि स्वार्थको राजनिति गरिन्थ्यो भने अोलि को सट्टा पुष्पकमल अाफै प्रधानमन्त्री हुन सक्थे ।उनलाई घृणा गर्नेहरु ले जे जति बीष बमन गरेपनि उनी एउटा कुशल राजनेता हुन ।यसमा शङ्का र अबिश्वास गर्नु पर्ने ठाउँ छैन ।जुन कुरा अहिले सम्म उनले गरेका सुझबुझ पुर्ण निर्णय ले गर्दा भएको उपलब्धि ले प्रष्ट पार्दछ ।
Topendra Rolpali
sake aafai hune ho nasake arulai banaunu badhyata holani comred
Jayendra Poudel
प्रधानमन्त्री हुनलाई पार्टि जवजमा स्वाहा गरेर शरणार्थि भएकाे हाे र ! शरणार्थि भएकाे नेताले कसरी प्रधानमन्त्री बन्ने र बनाउने । शरणार्थिले त दिएकाे खाने माैन बस्ने हाे ।
Dinesh Rai
बिचरा प्रचण्ड आखिर अत्तिममा केपिको पोल्टामा
Tilakram Paudel
एक बर्षको आसपास कटोस।अढाई वर्षे पालोमा वलीको बोली सुनौ।अनि बल्ल पत्याउला।