निर्मला पन्तका बुबा भन्छन् हत्यारा सार्वजनिक गर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
निर्मला पन्तका बुबा भन्छन् हत्यारा सार्वजनिक गर

सारांश

  • बलात्कार पछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्तले प्रहरी बर्खास्त गर्नु मात्राले आफुलाई न्याय नमिल्ने बताएका छन् ।
  • घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारवाही गरेमात्र आफुहरुलाई न्याय मिल्ने र छोरीको आत्माले शान्ति पाउने उनको भनाई छ ।
  • कञ्चनपुरकी निर्मलाको बलात्कार पछि भएको हत्याको अनुसन्धानमा व्यापक लापारवाही भएको ठहर गर्दै सरकारले तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इञ्चार्ज जगदिश भट्टलाई बिहिबार सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

बलात्कार पछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्तले प्रहरी बर्खास्त गर्नु मात्राले आफुलाई न्याय नमिल्ने बताएका छन् । घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारवाही गरेमात्र आफुहरुलाई न्याय मिल्ने र छोरीको आत्माले शान्ति पाउने उनको भनाई छ ।

कञ्चनपुरकी निर्मलाको बलात्कार पछि भएको हत्याको अनुसन्धानमा व्यापक लापारवाही भएको ठहर गर्दै सरकारले तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इञ्चार्ज जगदिश भट्टलाई बिहिबार सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

निर्मलाका बुबाले प्रहरीलाई जागिरबाट हटाउनुको साटो आफ्नी छोरीको हत्यारा सार्वजनिक गर्न माग गरेका छन् । यत्रो समय बित्दा पनि हत्यारा पत्ता लगाउन नसक्नु सरकारको कमजोरी भएको बताउँदै उनले भने जसरी हुन्छ मेरी छोरीको हत्यारा सार्वजनिक गर्नु पर्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?