केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १३, २०७९
|
|
२७ पटक हेरिएको
Shares
केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता

सारांश

  • काठमाडौं ।
  • केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल चार विकेटले विजयी भएको छ ।
  • आइतबार भएको खेलमा नेपालको जितसँगै पाँच खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ ।

काठमाडौं । केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल चार विकेटले विजयी भएको छ । आइतबार भएको खेलमा नेपालको जितसँगै पाँच खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ ।

यसअघि पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । केन्याले दिएको एक सय ५७ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा एक सय ६० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यसै खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९, पवन सर्राफले २० र आदिल अन्सारीले १६ रन बनाए ।

बलिङमा केन्याका भिराज पटेल र युगिनी ओचिङले समान दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ्स खेले । पटेलले अविजित ७३ र करिमले अविजित ५५ रन बनाए । कोलिन्स ओबुयाले १८ रन जोड्नुयो । बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले एक एक विकेट लिए।

केन्यासँग पाँच खेलको टी–२० सिरिजमा नेपालले चौथो खेल भदौ १३ र पाँचौं खेल भदौ १४ गते खेल्नेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।

(https://bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?