यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !
सारांश
- साउन २५ शनिबार देखि भदाै १ शुक्रबार सम्म युटुवमा धेरै भिडियाेहरु ट्रेन्डिङ लिस्टमा अाए ।
- एक हप्तासम्म याे सूचीमा निकै फेर बदल अाए पनि शुक्रबार ट्रेन्डिङ सूचीमा रहेका उत्कृष्ट १० भिडियाे यस्ता छन् ।
- १०.
साउन २५ शनिबार देखि भदाै १ शुक्रबार सम्म युटुवमा धेरै भिडियाेहरु ट्रेन्डिङ लिस्टमा अाए । एक हप्तासम्म याे सूचीमा निकै फेर बदल अाए पनि शुक्रबार ट्रेन्डिङ सूचीमा रहेका उत्कृष्ट १० भिडियाे यस्ता छन् ।
१०. भक्तपुर इन्काउन्टर

गत हप्ता भक्तपुरमा भएकाे बालक अपहरण तथा हत्या प्रकरणका दाेषिलाई प्रहरी इन्काउन्टरमा मारिएकाे थियाे । जुन समाचार निकै चर्चामा रह्याे । साेही प्रहरी कारवाहीमा मारिनेका परिवारका बारेमा सैघाली अनलाइन टिभिले तयार पारेकाे भिडियाे ट्रेन्डिङ नम्बर १० मा परेकाे छ । एक हप्ता अघि सार्वजनिक गरिएकाे उक्त भिडियाेलाई ४ लाख १५ हजार भन्दा बढी पटकि हेरिसकिएकाे छ ।
९. नेपाल अाइडल

नेपालकाे सबैभन्दा ठूलाे सांगितिक रियालिटि शाे नेपाल अाइडलकाे सानाे अंश ट्रेन्डिङ नम्बर ९ मा परेकाे छ । धनगढिकी करिस्मा बिस्टकाे भिडियाे एस के मिडिया हवले सार्वजनिक गरेकाे थियाे । उक्त भिडियाे ३ लाख ३० हजार भन्दा बढी पटक हेरिएकाे छ ।
८. कथा भिटेन

केही दिन अघि ट्रेन्डिङ लिस्टकाे सबैभन्दा माथि रहेकाे र्याप गीत कथा यतिबेला नम्बर ८ मा झरेकाे छ । कथा चर्चित र्याप गाएक भिटेन भनेर चिनिने समिर घिसिङकाे हाे । उनकाे याे गीत करिब दुई हप्तामा १७ लाख ५० हजार पटक हेरिएकाे छ । केही दिन अघि उनी सिमसिमे पानी बाेलकाे गीतलाई लिएर विवादमा तानिएका थिए । याे गीतका सफलतासँगै संगीत क्षेत्रमा भिटेनले राम्राे कमब्याक गरेका छन् ।
७. फूल हाेइन

चलचित्र राेजी काे गीत फूल हाेइन यतिबेला सबैभन्दा बढी हेरिएकाे भिडियाेकाे सूचीमा नम्बर ७ मा परेकाे छ । प्रताप दास र प्रभिषा अधिकारीकाे स्वर रहेकाे याे गितलाई दश दिनमा करिब १६ लाख पटक हेरिएकाे ५ । लाेकप्रिय कलाकार प्रदिप खड्का अभिनित चलचित्र राेजी बहुप्रतिक्षित फिल्म हाे । मिरुना मगर नायीकाकाे रुपमा देखिँदै छन् ।
६. निर्भय

नेपाली एक्शन स्टार निखिल उप्रेति र नायीका निता ढुंगाना अभिनित चलचित्र निर्भय ट्रेन्डिङ नम्बर ६ मा परेकाे छ । याे फिल्मलाई एक हप्तामा साढे १३ लाख पटक हेरिसकिएकाे छ । याे फिल्म बुढासुब्बा डिजिटल ले अाफ्नाे युटुव च्यानल मार्फत सार्वजनिक गरेकाे थियाे ।
५. करेन्ट न्युज

सगरमाथा टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम करेन्ट न्युज नम्बर ५ मा परेकाे छ । भदाै १ देखि लागु हुन नयाँ एेनका बारेमा तयार पारिएकाे सामग्री रहेकाे उक्त भिडियाेलाई ४ लाख भन्दा बढी पटक हेरिएकाे छ ।
४. हिमालय राेडिज

हिमालय राेडिजकाे दाेस्राे सिजनकाे पाेखरा अडिसन अर्थात तेस्राे भाग यतिबेला ट्रेन्डिङ ४ मा रहेकाे छ । पहिलाे सिजनकाे व्यापक सफलता पछि दाेस्राे सिजनलाई पनि दर्शकहरुले निकैमन पराइरहेका छन् । याे भिडियाेलाई ३ दिनमा ४ लाख १५ हजार भन्दा बढी पटक हेरिएकाे छ ।
३. मेरी बास्सै

नम्बर तिनमा पर्न सफल भएकाे छ मेरी बास्सै काे ५६३ अाैँ भाग । मिडिया हवले सार्वजनिक गर्ने हास्य टेलिशृङ्खला मेरी बास्सैकाे नयाँ भाग पनि सधैँ झै धेरैले मन पराएका छन् । याे भिडियाेलाई ७ लाख ७० हजार भन्दा बढी पटक हेरिएकाे छ ।
२. दन्ते माेहनी

सचिन फुयालकाे याे गीतकाे भिडियाेमा कार्टुन क्रुजकाे अभिनय रहेकाे छ । हरेक हप्ता कुनै न कुनै गीत ट्रेन्डिङ सूचीमा पार्न सफल कार्टुन क्रुजले याे हप्ता पनि अाफ्नाे गीत शिर्ष दुईमा पार्न सफल भएकाे छ । याे भिडियाेलाई करिब १८ लाख पटक हेरिएकाे छ ।
१. नेपाल अाइडल

यसमा कुनै दुविधा छैन कि ट्रेन्डिङ नम्बर १ मा नेपाल अाइडलकाे नयाँ भाग पर्छ भनेर । हरेका हप्ता झैँ याे पटक पनि नेपाल अइडल ट्रेन्डिङ एकमा परेकाे छ । पहिलाे सिजनकाे व्यापक सफलता पछि नेपाल अइडलकाे प्रतिक्षा धेरैले गरेका थिए। र मन पनि पराइरहेका छन् । नेपाल अाइडल सिजन २ काे धनगढी अडिसन अर्थात भाग २ याे पटक युटुवकाे ट्रेन्डिङ १ मा परेकाे छ । याे भिडियाेलाई १३ लाख ७५ हजार भन्दा बढी पटक हेरिएकाे छ भने करिब साढे ३ हजारले प्रतिक्रिया दिएका छन् ।
याे ट्रेन्डिङ लिस्ट निश्चित समयावधि सम्म मात्र रहन सक्छ । र याे नितान्त नेपालकाे युटुव ट्रेन्डिङ सूची हाे ।
प्रतिक्रिया