घर बनाउने क्रममा लडेर मृत्यु…
सारांश
- सुरुङ्गा (झापा), २८ मङ्सिर घर बनाउने क्रममा लडेर सोमबार झापामा एक मजदुरको मृत्यु भएको छ ।
- इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार बिर्तामोड नगरपालिका–७ स्थित बिजुली अफिस छेउमा सुरेश वंशलको घर बनाउने क्रममा छतबाट लडेर भारतको मुजाफर घर भएका १८ वर्षीय मजदुर आकाश साहको मृत्यु भएको हो ।
- छतबाट लडेर घाइते भएका साहको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचारका लागि लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरुङ्गा (झापा), २८ मङ्सिर
घर बनाउने क्रममा लडेर सोमबार झापामा एक मजदुरको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार बिर्तामोड नगरपालिका–७ स्थित बिजुली अफिस छेउमा सुरेश वंशलको घर बनाउने क्रममा छतबाट लडेर भारतको मुजाफर घर भएका १८ वर्षीय मजदुर आकाश साहको मृत्यु भएको हो ।
छतबाट लडेर घाइते भएका साहको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचारका लागि लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया