प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाए विश्वासको मत

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाए विश्वासको मत

सारांश

  • काठमाडौं, २७ फागुन ।
  • प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत प्राप्त गरेका छन् ।
  • प्रदेशसभाको आइतबार बसेको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए ।

काठमाडौं, २७ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आइतबार बसेको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ ।

एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धि र राजधानीका विषयमा चर्चा गर्दै विश्वासको मत मागेका थिए । उनले चिनियाँ रेल लुम्बिनी ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने बताएका थिए ।

मुख्यमन्त्री पोखरेलले सबैलाई पायक पर्ने ठाउँमा राजधानी बनाउने पनि बताएका थिए । सबैलाई पायक पर्नेगरी प्रदेशसभाबाट राजधानीको एजेण्डाको टुंगो लगाउने उनको भनाइ थियो । उनले कानुन नबन्दा काम अड्किएको बताउँदै आर्थिक विधेयक पास भएपछि बजेटको काम सुरु हुने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?