घाइते भइन् ज्याकलिन फर्नाडिज
सारांश
- मुम्बई ।
- चलचित्र ‘रेस ३’को सुटिङको क्रममा बलिउड ज्याकलिन फर्नाडिज घाइते भएकी छिन् ।
- आबुधावीमा भइरहेको सुटिङका क्रममा दुर्घटना हुँदा ज्याकलिनको आँखामा गम्भीर चोट लागेको जनाइएको छ ।
मुम्बई । चलचित्र ‘रेस ३’को सुटिङको क्रममा बलिउड ज्याकलिन फर्नाडिज घाइते भएकी छिन् । आबुधावीमा भइरहेको सुटिङका क्रममा दुर्घटना हुँदा ज्याकलिनको आँखामा गम्भीर चोट लागेको जनाइएको छ ।
बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको उक्त चलचित्रका प्राविधिकका अनुसार ज्याकलिन सेटमा स्क्वास खेल्दै थिइन् ।
खेल्नेक्रममा अचानक उनको आँखामा बलले लागेको थियो ।दुर्घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो । रेमु डिसुजाले निर्देशन गरिरहेको यो चलचित्र इदमा रिलिज हुने तयारीमा छ ।
यसैबीच ‘द ब्याङ टुर’ का लागि पुणेमा सलमान, ज्याकलिन र डेजीले प्रस्तुति दिने कार्यक्रम थियो ।आँखामा चोट लागेपछि ज्याकलिन कार्यक्रममा सहभागी हुने हो कि हैनन् भन्ने आशंका बढेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया