मदन भण्डारी लोकमार्गले रोल्पा छुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मदन भण्डारी लोकमार्गले रोल्पा छुने

सारांश

  • रोल्पा, १ चैत ।
  • कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ ।
  • उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो ।

रोल्पा, १ चैत । कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो ।

सरकारले गत जेठमा एक हजार २०० किलोमिटर लामो उक्त लोकमार्ग घोषणा गर्दा प्यूठान, दाङ, सुर्खेत हँुदै जाने बताएको थियो । लोकमार्गको संशोधित डिजाइनअुनसार अब गुल्मी, प्यूठान, रोल्पाको खुङ्ग्री घोडागाउँ माडीचौर हँुदै सल्यानको दामाचौर जोडिने भएको छ । मध्यपहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्गले नछुने रोल्पालाई पछिल्लोपटक डिजाइन गरिएको मदन भण्डारी लोकमार्गले समेत नछुने भएपछि जनस्तरबाट आलोचना भएको थियो ।

रोल्पा घर भएका उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सडकले रोल्पालाई नछुने गरी डिजाइन गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराउनुभएको थियो । बुधबार उपराष्ट्रपति पुनलाई भेट्न बहादुर भवन पुग्नुभएका मन्त्री महासेठले उक्त लोकमार्गको पछिल्लो डिजाइनबारे जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । यसै अनुसार संशोधन र डिपीआर निर्माण हुने मन्त्रीले जानकारी गराउनुभयो, प्रेस संयोज घर्तीले भन्नुभयो ।

उक्त लोकमार्गको गुल्मी पश्चिमका जिल्लाको डिपीआर बनेको छैन । सो लोकमार्गलाई राप्तीको मध्यभागबाट जोड्नका लागि उपराष्ट्रपति पुन, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सल्यानका सांसद टेकबहादुर बस्नेत, कर्णाली प्रदेश मन्त्री प्रकाश ज्वालाले समेत पहल गर्दै आउनुभएको थियो ।

झापाको शान्तिनगरबाट शुरु हुने लोकमार्ग सुनसरी धरान, चतरा, उदयपुरको गाईघाट कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी, तम्घास, सिमलटारी, प्यूठानको वाग्दुला, देवीस्थान, दाङको घोराही तुल्सीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर डोटीेका सीमचौर, विपीनगर, कैलालीको सहजपुर, डडेल्धुराको बुडर जोगबुढा हँुदै रुपालसम्म जोड्ने भनिएको थियो । पछिल्लो संशोधन अनुसार अब प्यूठानबाट दाङतर्फ नआई रोल्पा सल्यान हँुदै सुर्खेत जोडिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा उम्मेदवार गठबन्धनमा प्रवेश
राप्रपा उम्मेदवार गठबन्धनमा प्रवेश
बि.सं.२०७४ साल पौष २७ गते बिहीवारको राशिफल
बि.सं.२०७४ साल पौष २७ गते बिहीवारको राशिफल
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु:  मन्त्री गोकर्ण विष्ट
म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु: मन्त्री गोकर्ण विष्ट
Monetary Security — Single Women Want to Be Committed to Economic Security
एसिया कप छनाेटः नेपालकाे ५० रन पुरा, सागर अाउट दिपेन्द्र इन !
एसिया कप छनाेटः नेपालकाे ५० रन पुरा, सागर अाउट दिपेन्द्र इन !
सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
श्रीमानले धेरै माया गरेपछि श्रीमती हैरान ! कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद
श्रीमानले धेरै माया गरेपछि श्रीमती हैरान ! कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं,  मिनेन्द्र रिजाल;
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, मिनेन्द्र रिजाल;