रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी

सारांश

  • रुपन्देही।
  • पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको छ।
  • सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका लामिछाने सहित १२ जना माथि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट पक्राउ अनुमति पत्र जारी भको हो।

रुपन्देही। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको छ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका लामिछाने सहित १२ जना माथि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट पक्राउ अनुमति पत्र जारी भको हो।

जिल्ला अदालत रुपन्देहीले बिहीबार सभापति लामिछाने, पूर्व डिआईजी छविलाल जोशीसहित १२ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए। उनका अनुसार ठगी र संगठित अपराधको कसुरमा पक्राउ पूर्जी जारी भएको छ।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो।

रास्वपा सभापति लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा रहेका छन्। गोर्खा मिडियाका अध्यक्ष जिवी राई बिरुद्ध यस अघि नै पक्राउ अनुमति पूर्जी जारी भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
Промокод Мостбет 2024 Vipjb Mostbet Бонус
एमाले माओवादीले एउटै मञ्चबाट एकताको सन्देश दिंदै
एमाले माओवादीले एउटै मञ्चबाट एकताको सन्देश दिंदै
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
रूससँग शान्ति सम्झौताबारे ट्रम्पका अधिकारीसँग युक्रेनले थाल्यो छलफल
रूससँग शान्ति सम्झौताबारे ट्रम्पका अधिकारीसँग युक्रेनले थाल्यो छलफल
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
लुम्बिनीका काँग्रेस सांसद केसी जेल चलान
लुम्बिनीका काँग्रेस सांसद केसी जेल चलान
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’