डीपीएल २ मा रुपन्देही च्यालेन्जर्सबाट दुई विदेशी खेलाडी
सारांश
- काठमाडौं, ८ चैत ।
- आगामी चैत्र १७ गतेदेखि धनगढीमा शुरु हुने रुस्लान धनगढी प्रिमियर लिग–२ मा प्रतिस्पर्धा गर्नेमध्ये रुपेन्देही च्यालेन्जर्सले आफ्नो टोलीबाट प्रतियोगितामा दुई जना विदेशी खेलाडी सहभागी गराउने भएको छ ।
- प्रतियोगिताको मुख्य टोलीमध्येको रुपन्देही च्यालेन्जर्सले खेलमा सहभागी हुने दुई विदेशी खेलाडी टुंग्याइसकेको धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
काठमाडौं, ८ चैत । आगामी चैत्र १७ गतेदेखि धनगढीमा शुरु हुने रुस्लान धनगढी प्रिमियर लिग–२ मा प्रतिस्पर्धा गर्नेमध्ये रुपेन्देही च्यालेन्जर्सले आफ्नो टोलीबाट प्रतियोगितामा दुई जना विदेशी खेलाडी सहभागी गराउने भएको छ । प्रतियोगिताको मुख्य टोलीमध्येको रुपन्देही च्यालेन्जर्सले खेलमा सहभागी हुने दुई विदेशी खेलाडी टुंग्याइसकेको धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
शक्ति गौचन रणनैतिक खेलाडी रहेको रुपेन्देही च्यालेन्जर्सले एसोसियट राष्ट्र ओमानका सुफायन मोहम्मद तथा क्रिकेट एशोसियसन अफ बंगाल, कलकत्ताका दीपक प्रसादसँग अनुबन्ध गरेको छ । ओमानका राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुफायन लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन् । २६ वर्षीय सुफायन पार्टटाइम बलिङ समेत गर्ने गर्छन् । यस्तै, दीपकले बीसीसीआईको प्रतियोगितामा बंगाल–११ तथा बंगाल यू–२३ टोलीबाट खेलिसकेका छन् । 
प्रतिक्रिया