साई पल्लवीले इन्कार गरिन् २ करोडको अफर

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २८, २०७६
|
|
३५ पटक हेरिएको
Shares
साई पल्लवीले इन्कार गरिन् २ करोडको अफर

सारांश

  • एजेन्सी ।
  • विहीबार साउथ फिल्म उद्योगकी चर्चित अभिनेत्री साई पल्लवीले जन्म दिन मनाएकी छिन् ।
  • उने आफ्नो २७ औं जन्मदिन मनाएकी हुन् ।

एजेन्सी । विहीबार साउथ फिल्म उद्योगकी चर्चित अभिनेत्री साई पल्लवीले जन्म दिन मनाएकी छिन् । उने आफ्नो २७ औं जन्मदिन मनाएकी हुन् । उनको जन्म ९ मे १९९२ मा कोटागिरीमा भएको थियो ।

साई पल्लवी साउथ फिल्म उद्योगको चर्चित अभिनेत्रीको नाम हो । उनी सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै एक्टिभ रहन्छन् । पछिल्लो समय उनले लगातार इन्स्टाग्राममा आफ्नो तस्वीरहरु सेयर गरिरहेकी छन् ।

उनले सेयर गरेकी तस्वीरहरु सोसल मिडियामा भाइरल बनिसेकेको छ । जसको कारण उनको जन्मदिन पनि परेको छ । २०१४ मा उनले टिबिलिसी स्टेट मेडिकल विश्वविद्यालयमा अध्ययन गरिरहेकी थिइन्, सो समयमा निर्देशक अल्फोज पुथरिनले साई पल्लवीलाई फिल्म ‘प्रेमम’मा ‘मलार’को भूमिकाको लागि अफर गरेका थिए । यसै फिल्मबाट उनले साउथको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् ।

त्यसपछि उनको मलयालम फिल्म ‘काली’ पनि निकै हिट फिल्म बन्यो । साई पल्लवीको अभिनयलाई दर्शकहरुले खुब रुचाए पनि । अभिनेत्री साई पल्लवी एक कुशल डान्सर पनि हुन् ।

केही मानिसहरु गोरोपनाको धेरै दीवाना हुन्छन्, साथै आफू गोरो हुनुका लागि जे गर्न पनि तयार हुन्छन् । यस्तै गोरोपन देखाउने क्रिमको प्रोमोशनको लागि अभिनेत्री साई पल्लवीले सीधै इन्कार गरिदिएकी छन् । यस प्रोमोशनको लागि उनलाई दुई करोडको अफर गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?