“बाडुलीले”दर्सक को मन जित्दै!!

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०७४
|
|
४३ पटक हेरिएको
Shares
“बाडुलीले”दर्सक को मन जित्दै!!

सारांश

  • काठमाडौ ।
  • “बाडुली” शब्द बुझेर ल्याउँदा असाध्यै मार्मिक शब्द हो ।
  • “बाडुली” लाग्नु भनेको कही कतै आफ्नो मायालुले सम्झिँदा, आमाबुबाले सम्झिंदा “बाडुली” लागेर आउँछ भन्ने भनाई हाम्रो समाजमा खुबै चलनचल्तीमा छ।

काठमाडौ । “बाडुली” शब्द बुझेर ल्याउँदा असाध्यै मार्मिक शब्द हो ।“बाडुली” लाग्नु भनेको कही कतै आफ्नो मायालुले सम्झिँदा, आमाबुबाले सम्झिंदा “बाडुली” लागेर आउँछ भन्ने भनाई हाम्रो समाजमा खुबै चलनचल्तीमा छ। तर यस भिडियोमा भने आफ्नो मनपर्ने मायालुले सम्झिंदाको सन्दर्भमा परिभाषित गर्न खोजेको पाइन्छ।

बुझ्नेलाई गहिरो छ, नबुझ्नेलाई घरमाथि पहिरो छ भने झै असली शब्दमा भन्ने हो भने “बाडुली” भनेको हाम्रो मानव शरिरको स्वासप्रश्वास ग्रन्थीबाट उत्पन्न हुने हिक्क हिक्क आउनु हो र यसैलाई नै “बाडुली” शब्दले पुकारिन्छ।

 

यसै महत्वपूर्ण शब्द “बाडुली”लाई म्यूजिक भिडियोको रुपमा नामाकरण गरी संचारकर्मी भोला तिमल्सिना (भोला दीप यात्री) को निर्देशनमा निर्माण भएको भिडियो भर्खरै बजारमा सर्बत्र सार्वजनिक भएको छ।

भिडियोको गीतमा  अहिलेका जल्दोबल्दो अनि दर्शक तथा श्रोताको अत्यधिक रोजाइमा परेका गायिका मेलिना राई र नवगायक एस राज कुमारको आवाज रहेको छ ।

म्यूजिक भिडियो “बाडुली” को रोल मोडलमा गायक एस राज र रंगकर्मी अमृता खनालको अत्यधिक प्रज्वलनशील अभिनयलाई हेरेर सम्पूर्ण श्रोता तथा दर्शकगण्ले मज्जा लिन सकिने निर्माण टीमको दाबी छ।

संचारकर्मी (भोला दीप यात्री) को निर्देशनमा तयार गरिएको आकर्षक भिडियो “बाडुली” मा गायक एसराज कै शब्द रचना रहेको छ भने थानेश्वर गौतमले सुमधुर संगीत भरेका छन् ।

त्यस्तैगरी छायांकनकार्यमा रविन्द्र वराल रहेको छ भने भिडियो सम्पादन कार्य जितेन्द्र राजोपाध्यायले गरेका हुन्। यस “बाडुली” म्यूजिक भिडियोलाई वजार व्यवस्थापनपक्षको जिम्मा भने एभरेस्ट ग्यालरीले लिएको छ।

निर्देशक भोला दीप यात्री भन्छन् “बाडुली” शब्दको अर्थमा जति गहिराई छ त्यतिकै गहिराईमा डुबेर भिडियो निर्माणकार्य सम्पन्न गरेका छौं, र त्यही मेहनतलाई बुझेर दर्शक तथा श्रोताहरुले हेरेर मुल्याङ्न् गरिदिन पनि हार्दिक अपिल छ ।

https://youtu.be/nA4BVkY3x90

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?