चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
सारांश
- काठमाडौं – भोलि साउन २३ गते सोमवार शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ ।
- चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ ।
- यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ ।
काठमाडौं – भोलि साउन २३ गते सोमवार शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ । चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ । यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ । त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्नु हितकर हुन्छ ।
२०७४ साल साउन २३ गते रातको समयमा खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । रातको ११ बजेर ०७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ०६ मिनेट जादा मध्य हुनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ । साउन २३ गते सोमबार दिनको २ बजेर ०७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न हुँदैन ।
उसो त यो एक खगोलिय घटना हो तर हिन्दू धर्म दर्शनमा यसलाई ज्योतिष तथा धर्मको रुपमा हेर्ने गरिएको छ । ज्योतिष अनुसार चन्द्र ग्रहरणलाई राम्रो मानिदैन । सन् २०१७ को चन्द्रग्रहण हो जसको खास कारण केही छैन । यस ग्रहणमा सूतकलाई मान्यता छैन । भोलि हुने चन्द्रग्रहण उपछाया चन्द्रग्रहण हो । जसलाई खुल्ला आखाले देख्न सकिदैंन । तर खगोलविगद टेलिस्कोपबाट यसलाई देख्न सकिन्छ ।
२०७४ साल साउन २३ गते रातको समयमा खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । रातको ११ बजेर ०७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ०६ मिनेट जादा मध्य हुनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ । साउन २३ गते सोमबार दिनको २ बजेर ०७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न हुँदैन ।
के गर्ने, के नगर्ने
चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्न पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।
ग्रहण लागेको समयमा भुलेर पनि नगर्नुस् यी ५ काम
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।
१ यौन सम्बन्ध राख्नु हुँदैन
ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।
२ भोजन नगर्नुस्
ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।
३ ग्रहणपछि सरसफाइ गर्नुस्
ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।
४ पुजा नगर्नुस्
ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।
५ गर्भवती बाहिर जानु हुँदैन
गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।
कुन राशिका लागि शुभ, कुनका लागि अशुभ
मेष : सुख र शुभ
वृष : मानसम्मानमा कमी
मिथुन : शारीरिक कष्ट
कर्कट : दाम्पत्य जीवनमा कष्ट
सिंह : कार्यसिद्धि
कन्या : चिन्ता तथा तनाव
तुला : रोग, भय
वृश्चिक : धनलाभ
धनु : हानि
मकर : चोट र भय
कुम्भ : धनहानि
मीन : धन र लाभ वृद्धि
श्रवण नक्षत्रमा जन्म लिने व्याक्ति तथा मकर राशिका व्यक्तिहरुलाई अतिकष्ट हुनेछ ।
प्रतिक्रिया