चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १६, २०७७
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ ।
  • चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।
  • सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।

सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो ।

पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरु फाइजर र मोडर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो ।

चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चेन सिफीले संवाददाताहरुसँग कुरा गर्दै सिनोफार्मको खोपलाई “सःशर्त” अनुमति दिइएको जानकारी दिए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरु वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिए ।

चीनका करिब १ अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ । उपमन्त्री झेङले भने, “कोभिड–१९ बाट सुरक्षित रहन कूल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ, र हामी त्यसैको तयारीमा छौं ।”

बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौं व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ । चीनमा आफ्ना नागरिकलाई जरुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाई छ ।–एएफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता
पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता
‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
याे समुद्रि तट जहाँ पुरुष जान मनाहि छ !
याे समुद्रि तट जहाँ पुरुष जान मनाहि छ !
हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी
हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी
गत वर्ष ३० अर्ब रुपैयाँको सुन आयात
गत वर्ष ३० अर्ब रुपैयाँको सुन आयात
सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड
सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड
राष्ट्रपतिमा विद्या भण्डारीलाई राजपाले पनि भोट दिने
राष्ट्रपतिमा विद्या भण्डारीलाई राजपाले पनि भोट दिने
समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्री पाेखरेलको आह्वान !
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान

तपाईंले छुटाउनुभयो कि?