काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
सारांश
- काठमाडौं।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौं भित्रिन र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ।
- काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरु घट्न सक्ने सम्भावना भएको हुँदा आ-आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन अनुरोध गरिएको बताए।
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौं भित्रिन र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरु घट्न सक्ने सम्भावना भएको हुँदा आ-आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन अनुरोध गरिएको बताए।
उनले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न पनि अनुरोध गरेका छन्। उनले एक सूचना जारी गरी भनेका छन्, “काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ।”
विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नं. १६६०–०१-४१५१६, ९८५१२८३०२६, ०१–५७२१०१७, सशस्त्र प्रहरी बल नेपाल नं. २० (विपद उद्धार) गण, सिनामंगलको सम्पर्क नं. ९८५१२७२०३५, ०१-४४७१३३७ र जिल्ला आपत्कालीन कार्य संचालन केन्द्रको सम्पर्क नं. ९८५१३६२९३७ मा सम्पर्क गर्न समेत प्रशासनले सूचना जारी गरी अनुरोध गरेको छ।
यसअघि नै ललितपुर प्रशासनले पनि कान्ति लोकथपका सवारी अवागमन रोक्ने निर्णय गरिसकेको छ। विहान ६ देखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र चार चक्केभन्दा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भइसकेको छ।
अन्य विभिन्न जिल्लाले पनि जोखिम क्षेत्रमा सवारी आवागमन रोक्ने निर्णय गरिसकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै मनसुनी गतिविधि सक्रिय हुने छ। शनिवार र आइतबार बढी वर्षा हुने अनुमान विभागले सार्वजनिक गरिसकेको छ।
开设Binance账户
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.