चन्द्रागिरि हिल्स र यती एयरलायन्सबीच भयो सम्झौता…….

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
चन्द्रागिरि हिल्स र यती एयरलायन्सबीच भयो सम्झौता…….

सारांश

  • यती एयरलायन्स मार्फत यात्रा गरेर चन्द्रागिरी केबलकार चढ्नेलाई २० प्रतिशत छुट हुने भएको छ ।
  • यो विषयमा चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलायन्सबी एक सम्झौता भएको छ ।
  • सम्झौता अनुसार यती एयरलाइन्स मार्फत हवाइ यात्रा गरेर हवाई यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट दिईने छ ।

यती एयरलायन्स मार्फत यात्रा गरेर चन्द्रागिरी केबलकार चढ्नेलाई २० प्रतिशत छुट हुने भएको छ ।

यो विषयमा चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलायन्सबी एक सम्झौता भएको छ । सम्झौता अनुसार यती एयरलाइन्स मार्फत हवाइ यात्रा गरेर हवाई यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट दिईने छ । त्यस्तै चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११ देखि २० प्रतिशत सम्म छुट पाउने व्यवस्था मिलाइएको छ ।

सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रम शाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना के.सी. ले हस्ताक्षर गरेका छन् । यो छुट योजना २०७५ असार मसान्तसम्म लागु हुनेछ ।

चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राहीमुखि प्रर्बद्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउने दशैं तिहारको टिकट शुल्कमा यो योजना लागु हुने छैन । अन्य शर्तहरु सम्झौता बमोजिम लागु हुने छन् ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले फेरि मुग्लिङ–नारायणगढ सडकखण्ड बन्द
पहिरोले फेरि मुग्लिङ–नारायणगढ सडकखण्ड बन्द
तत्काल पीसीआर परिक्षणको शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने
बिहेको ६ महिनामै कपिलशर्माकी पत्नी गिन्नी
बिहेको ६ महिनामै कपिलशर्माकी पत्नी गिन्नी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !
प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !
बुधबारको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना
बुधबारको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना
विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने
विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा !
प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा !
प्रदेश सरकार बनाउन यस्तो छ सातै प्रदेशको अंकगणित
प्रदेश सरकार बनाउन यस्तो छ सातै प्रदेशको अंकगणित

तपाईंले छुटाउनुभयो कि?