पहिरोले फेरि मुग्लिङ–नारायणगढ सडकखण्ड बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पहिरोले फेरि मुग्लिङ–नारायणगढ सडकखण्ड बन्द

सारांश

  • चितवन, २९ असार ।
  • चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
  • आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

चितवन, २९ असार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

ट्राफिक प्रहरी प्रमुख गौतमका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ । पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् ।

सडक बन्द भएकाले ओभरटेक नगरी सवारी लाइनमा मिलाएर राख्न प्रहरीले चालकलाई अनुरोध गरेको छ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा असार महिनामा मात्रै दर्जनौँ पटक पहिरो खसेर यात्रुलाई प्रभावित बनाइसकेको छ ।

नारायणगढ–मुग्लिङ सडक आयोजनाले सडक चौडा पार्ने र भित्तो काटेको स्थानमा पहिरो खस्ने गरेको छ । यहाँको भालुढुंगा, एकनम्बर पुल, भतेरी जंगल क्षेत्रमा सडक भासिने र केही फाट्टिने क्रमसमेत देखिएको छ । सो क्षेत्रमा सडक एकतर्फी बनाएर आवश्यक कामसमेत भइरहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?