चार किलो सुन तामा बनेको काण्डमा एसपी हटाइयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
चार किलो सुन तामा बनेको काण्डमा एसपी हटाइयो

सारांश

  • काठमाडौं १७ माघ ।
  • तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् ।
  • बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ ।

काठमाडौं १७ माघ । तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन व्यक्तिलाई पक्राउ गरिएको भन्दै पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

पछि राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा उक्त धातु ढलोट भएको र तामा भएको खुलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?