फोहोरको नाममा राजनीति गर्न नपाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
फोहोरको नाममा राजनीति गर्न नपाइने

सारांश

  • काठमाडौं – सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोरको नाममा हडताल, अवरोधको राजनीति गर्न नपाउनेगरी अन्तरिम आदेश जारी गरेको छ।
  • उपत्यकामा अवरोध र हडतालका नाममा लामो समयसम्म फोहोर नउठाउँदा विभिन्न ठाउँ दुर्गन्धित भएको भन्दै फोहोर व्यवस्थापनको जिम्मा लिएकाले हडताल वा कुनै किसिमको अवरोध गर्न नपाउनेगरी अन्तरिम आदेश जारी गरेको हो।
  • न्यायाधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले दैनिक फोहोरमैला व्यवस्थित गर्न कसैले कुनै प्रकारको बाधा अवरोध गर्न नपाउने व्यवस्था गर्न काठमाडौं महानगरपालिकालगायतको नाममा अन्तरिम आदेश गरेको छ ।

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोरको नाममा हडताल, अवरोधको राजनीति गर्न नपाउनेगरी अन्तरिम आदेश जारी गरेको छ।

उपत्यकामा अवरोध र हडतालका नाममा लामो समयसम्म फोहोर नउठाउँदा विभिन्न ठाउँ दुर्गन्धित भएको भन्दै फोहोर व्यवस्थापनको जिम्मा लिएकाले हडताल वा कुनै किसिमको अवरोध गर्न नपाउनेगरी अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले दैनिक फोहोरमैला व्यवस्थित गर्न कसैले कुनै प्रकारको बाधा अवरोध गर्न नपाउने व्यवस्था गर्न काठमाडौं महानगरपालिकालगायतको नाममा अन्तरिम आदेश गरेको छ ।

ल्यान्डफिल साइटको विवादका नाममा काठमाडौंको फोहोर उठाउन हड्ताल हुँदै आएको छ । महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा सहर दिनप्रतिदिन दुर्गन्धित बन्दैछ।
अदालतको आदेशअनुसार नगरभित्र उत्पन्न हुने फोहोरमैला व्यवस्थापनको
जिम्मा लिएका व्यक्ति, फर्म वा कम्पनीले अब अवरोध र हडताल गर्न पाउने छैनन्।

‘दैनिक निस्कने फोहोरमैलाको समयमै उचित व्यवस्थापन हुन नसक्दा वातावरण दुर्गन्धित भई आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको हुन्छ’, आदेशमा भनिएको छ, ‘अवरोध र हडताल गर्न नपाउने साथै फोहोरमैला विसर्जन गर्ने स्थान, स्थानीय सरकार र जनताको सहमतिले निर्धारण गरी फोहोरमैला विसर्जन गर्ने काममा कुनै बाधाअवरोध गर्न नपाउने व्यवस्था मिलाई व्यवस्थापन, विसर्जन गर्नू गराउनू।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमाले कसैले पालेकाे घरपालुवा कुकुर हाेइन: प्रधानमन्त्री अाेली
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित
नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत
टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
को हुन् लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरी ?
को हुन् लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरी ?
ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज
ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज
संकटग्रस्त अवस्थामा संसारकै गहिरो अन्धगल्छी
संकटग्रस्त अवस्थामा संसारकै गहिरो अन्धगल्छी

तपाईंले छुटाउनुभयो कि?