पासपोर्ट र भिषा नभएका ४१ तिव्वती नागरिक पक्राउ !!!
सारांश
- कैलाली प्रहरीले पासपोर्ट र भिषा नभएका ४१ तिव्वती नागरिकलाई भारत प्रबेश गर्न लाग्दा सीमानाकाबाट पक्राउ गरेको छ ।
- कैलालीबाट भारत प्रबेश गर्न लागेका उनीहरुलाई धनगढीको अध्यागमन कार्यालयले सोमबार नियन्त्रणमा लिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।
- काठमाडौंबाट बढिमालिका ट्राभल्सको बस रिजर्भ गरी ४ दिन लगाएर उनीहरु कैलालीको गौरिफान्टा पुगेका थिए ।
कैलाली प्रहरीले पासपोर्ट र भिषा नभएका ४१ तिव्वती नागरिकलाई भारत प्रबेश गर्न लाग्दा सीमानाकाबाट पक्राउ गरेको छ ।कैलालीबाट भारत प्रबेश गर्न लागेका उनीहरुलाई धनगढीको अध्यागमन कार्यालयले सोमबार नियन्त्रणमा लिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।
काठमाडौंबाट बढिमालिका ट्राभल्सको बस रिजर्भ गरी ४ दिन लगाएर उनीहरु कैलालीको गौरिफान्टा पुगेका थिए ।गैरकानूनी रुपमा नेपाल हुँदै भारत जान लागेको उनीहरुलाई पक्राउ गरेपछि नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसीआर)ले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई भारत प्रबेश दिन दवाव दिएको गृह स्रोतले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया