पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०८०
|
|
४१ पटक हेरिएको
Shares
पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण

सारांश

  • कर्णाली ।
  • तातोपानी गाउँपालिका–१ जुम्ला तरापीमा लगाइएको करिब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलार’को आक्रमण भएको छ ।
  • तातोपानी–१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट स्याउका बिरुवामा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।

कर्णाली । तातोपानी गाउँपालिका–१ जुम्ला तरापीमा लगाइएको करिब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलार’को आक्रमण भएको छ ।

तातोपानी–१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट स्याउका बिरुवामा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । लाखौँको सङ्ख्यामा रहेका टेन्ट क्याटरपिलारले स्याउका पात, डाँठ र बोक्रासमेत खान थालेपछि स्याउका बोटमा क्षति पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख पदमबहादुर नेपालीले जानकारी दिए ।

“तीन सय घर परिवार रहेको राँका गाउँको तरापीमा ‘एक घर, एक बगैँचा’को अवधारणाअनुसार प्रतिघर परिवारले एक सय ५० स्याउका बिरुवा लगाएर बगैँचा स्थापना गरेका छन्”, शाखा प्रमुख नेपालीले भने, “तर ती सबै स्याउका बोटका पात टेन्ट क्याटरपिलारले सखाप पारेपछि समस्या भएको छ ।” जुम्ला ‘अर्गानिक’ जिल्ला घोषणा भइसकेकाले विषादी छर्न नपाइने हुँदा टेन्ट क्याटरपिलार कसरी देखियो भन्ने कुरा गाह्रो भएको उनले बताए ।

उत्पादन पहिले भएको तर क्याटरपिलारका लागि अनुकूल वातावरण भएपछि लाखौँको सङ्ख्यामा अहिले वृद्धि भएको शाखा प्रमुख नेपालीले बताए। यसले स्याउको बोक्रामा घर लगाएर बसेको जनाउँदै उनले जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउमा समेत विभिन्न रोग देखिन थालेको बताए ।

तरापीमा लगाइएको ठूलो सङ्ख्याका स्याउका बिरुवामा देखिएको क्याटरपिलारको समस्यासँग सम्बन्धित प्रतिवेदन आएसँगै अहिले जुम्लामा पाइने देवदारको तेलसँग पानी मिसाएर छर्कने सल्लाह दिइएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए

“टेन्ट क्याटरपिलार नियन्त्रणमा लिन हामी अहिले जैविक विषादी पनि खोजी रहेका छौँ”, उनले भने, “त्यसले समस्या हल गर्न नसक्ने अवस्था नभए विकल्प पनि खोज्नुपर्ने हुन्छ ।” तातोपानी–१ का वडाध्यक्ष तथा स्याउ किसान कर्णबहादुर कठायतले आफ्ना तीन सय बोटमा क्षति पु¥याएको बताए । परागसेचनको समय भएकाले रासायनिक विषादीलगायत अन्य विषादी हाल्न नमिल्ने भएकाले अहिले सबै किसानलाई टेन्ट क्याटरपिलारलाई हातैले मार्न सुरु गरिएको उनले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै
‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
सौन्दर्यको लफडाः को हुन् निकिता ?
सौन्दर्यको लफडाः को हुन् निकिता ?
असार ११ गते बिहिवारको राशिपफल यस्तो छ
असार ११ गते बिहिवारको राशिपफल यस्तो छ
भरतपुरमा गरिएको झेल बिरुद्ध उभिए कांग्रेसका युवा नेताहरु  ,,,
भरतपुरमा गरिएको झेल बिरुद्ध उभिए कांग्रेसका युवा नेताहरु ,,,
कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा
कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न
रथयात्राका क्रममा ६० जनालाई पक्राउ,६ जना लाई मुद्दा
रथयात्राका क्रममा ६० जनालाई पक्राउ,६ जना लाई मुद्दा
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते