प्रतिकूल मौसमले हवाई उडान प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
३४ पटक हेरिएको
Shares
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

सारांश

  • काठमाडौं।
  • प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
  • ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौं। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् ।

मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ । अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ । ट्रङ्क रुटको उडान सामान्य भइरहेको विमानस्थलका प्रवक्ता सिटौलाले बताए ।

‘काठमाडौँ विमानस्थलमा आइएफआर उडान भइरहेको छ, अन्तर्राष्ट्रियका केही जहाज होल्डमा हुने सम्भावना छ, आन्तरिकतर्फ उडान डिले भइरहेको छ’, उनले भने । कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्स र बैंककबाट आएको थाई स्माइलको जहाज केही समय आकाशमा होल्ड भएको थियो । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागमा केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
दाङमा एमालेलाई ६, माओवादीलाई ३ क्षेत्र, कांग्रेस अलमलमा
दाङमा एमालेलाई ६, माओवादीलाई ३ क्षेत्र, कांग्रेस अलमलमा
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
अर्थमन्त्री खतिवडालाई ओली आफैले यसकारण छाने…
पोखरामा करेन्ट तयारी चाउचाउको प्रबर्द्धन
पोखरामा करेन्ट तयारी चाउचाउको प्रबर्द्धन
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा बकर इदको शुभकामना व्यक्त
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा बकर इदको शुभकामना व्यक्त
५ वर्षभित्र नेपालमा रेलमार्ग बनाउने कल्पना कि योजना!
५ वर्षभित्र नेपालमा रेलमार्ग बनाउने कल्पना कि योजना!
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
नेपाली युवा टोलीको थाइल्यान्डमा अर्को हार
नेपाली युवा टोलीको थाइल्यान्डमा अर्को हार