मिल्यो एमाले र माओवादीबीच मन्त्रालयको भागबण्डा : कसले के पायो ?
सारांश
- काठमाडौं, १० फागुन ।
- एकीकृत हुने अभियानमा लागेका एमाले र माओवादी केन्द्रले मन्त्रालयको भागवण्डा टुङ्ग्याएका छन् ।
- जम्मा १८ वटा मन्त्रालय राख्ने र एमालेले प्रधानमन्त्रीसहित ११ मन्त्रालय र माओवादी केन्द्रले ७ मन्त्रालय राख्ने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छ ।
काठमाडौं, १० फागुन । एकीकृत हुने अभियानमा लागेका एमाले र माओवादी केन्द्रले मन्त्रालयको भागवण्डा टुङ्ग्याएका छन् । जम्मा १८ वटा मन्त्रालय राख्ने र एमालेले प्रधानमन्त्रीसहित ११ मन्त्रालय र माओवादी केन्द्रले ७ मन्त्रालय राख्ने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छ ।
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा मन्त्रालयको भागबण्डा टुङ्गिएको हो । एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासनसहित १० मन्त्रालय राखेको छ । माओवादी केन्द्रले गृह र उर्जासहित ७ मन्त्रालय पाउने भएको छ । एमाले महासचिव ईश्वर पोखरेलले मन्त्रालय बाँडफाँडमा मोटामोटी सहमति भएको र अन्तिम रुप दिन रहेको बताए ।
मन्त्रालय भागबण्डा टुङ्गिएपछि दुबै पार्टीका नेताहरु मन्त्री छनोटको गृहकार्यमा होमिएका छन् । मन्त्री छान्न एमालेले शुक्रबार बिहान ९ बजे स्थायी समिति बोलाएको छ । उता, माओवादी केन्द्रको शीर्ष नेताहरुको बैठकले मन्त्रीको नाम टुङ्ग्याउने बताइएको छ ।
एमालेले पाएका मन्त्रालयहरु
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्यटन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्यामाओवादी केन्द्रले पाएका मन्त्रालयहरु
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका
Sadh-Ikshya Magar
पार्टि एकतामा पनि बाँडफाँड पो !
Jyabu Bhote
हजुर,हो त।
Krishna Pradhan
please Both of You have to give more time to devlopment and utilise New Technologyh in the Country Thank Both of You
Mohan Kayasta
The result is Bhagbanda .
Purna Thami
ल ल भइ गयाे नि त भन्छु म।
उत्तम घिमिरे
बाँडचुड मिलेछ । धन्यवाद “नेपाल भागवण्डा पाटि”
Avagi Manxy
अोके भुमि सुधार पायको पाटीले जमिन नभयर भाडामा बसेका जनतालाई 5 धुर जमिन दिलाअोस
Uday Paudel
मालिगाई र गोरीगाई को,, एउटै भांडोमा राखेको दुध बांडफांड गर्दा लिनेब्यक्तिले यस्को एती,, उस्को एती,,दिनु भन्ने हुन्छ,,? अब पनी एस्को एती,,उस्को एती, अनी तेरो र मेरो भन्ने बाक्यांस भैरहंदा एकिकरण को अर्थ कसरी बुझ्ने,,? बिगत झैं भोली सय दिनको हनिमुन पिरियड क्रस नहुंदै चिरा/चिरा परेर लाजको पसारो नहोस,,लाटा/सिधा जनताले स्थाईत्व चाहेका छन,,,।
Ramkanta Aryal
मालिगाई र गोरीगाई को,, एउटै भांडोमा राखेको दुध बांडफांड गर्दा लिनेब्यक्तिले यस्को एती,, उस्को एती,,दिनु भन्ने हुन्छ,,? अब पनी एस्को एती,,उस्को एती, अनी तेरो र मेरो भन्ने बाक्यांस भैरहंदा एकिकरण को अर्थ कसरी बुझ्ने,,? बिगत झैं भोली सय दिनको हनिमुन पिरियड क्रस नहुंदै चिरा/चिरा परेर लाजको पसारो नहोस,,लाटा/सिधा जनताले स्थाईत्व चाहेका छन,,,।
Jayaram Bhandari
माओबादी र एमाले एउटै पार्टी भएको भन्ने सुनेको थिइ, भएको रहेनछ । त्यसैले बाँडफाँड भएको रहेछ त मन्त्रालय ।
Kanchha Sanno
धेरै अघि देखि सुनियो शक्ति को हिस्सा बाढ फाढ तर सुनियेना गरिब को पिडा को छिनो फानो।।
Anil Thapa
पार्टी एक भएको भन्छन् ,भागबन्डा पनि भन्छन् के हो के
Hira Pahadi
Good milera desko bikas garau.
Birendra Kc
Lala buda ho milera desh lai bikash garnu paryo katijel arko desh ma ragat pasina bagaune aba bela ayko xa desk ko bikash garni ahike pani vayana vane arako patak jantale k dekhauxan thaha hola kere
Gobinda Prasad Chapagai
Ok kp oli
Ailen Rajdonge Dml
मिलेको राम्रो अब देश बिकाश निकाश का काम गरेर देखाउ बुडा हो,,