जनकपुर उपमहानगरमा एमालेको जीत

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
१७ पटक हेरिएको
Shares
जनकपुर उपमहानगरमा एमालेको जीत

सारांश

  • जनकपुर, ।
  • जनकपुर उपमहानगरपालिकाका २ वटा वडामा एमालेले वडाध्यक्षसहित पूरै प्यानल जितेको छ ।
  • जनकपुर उमनपा वडा नम्बर २१ मा नेकपा एमाले का उम्मेदवार रामेश्वर महासेठ सहित सम्पूर्ण प्यानलसहित निर्वाचित भएका छन् ।

जनकपुर, । जनकपुर उपमहानगरपालिकाका २ वटा वडामा एमालेले वडाध्यक्षसहित पूरै प्यानल जितेको छ । जनकपुर उमनपा वडा नम्बर २१ मा नेकपा एमाले का उम्मेदवार रामेश्वर महासेठ सहित सम्पूर्ण प्यानलसहित निर्वाचित भएका छन् ।

यसअघि जनकपुर उमनपा वडा नम्बर १३ को वडाध्यक्षमा एमालेबाट शुभनारायण मण्डल प्यानलसहित बिजयी भएका छन् । २ वडा वडाको बिजयसँगै जनकपुर उमनपामा एमालेको उपस्थिति देखिएको छ ।

धनुषा जिल्लाका स्थानीय तहमा एमालेले मनपरी टिकट बितरण गर्दा पनि बटेश्वर, मुखियापट्टि मुसहरनियाँ, बटेश्वर, मिथिया नगरपालिकामा एमालेले चुनाव जितेको छ । एमाले नेता शत्रुघन महतोले आफ्नो क्षेत्रका स्थानीय तहमा निकै मेहनत गरेर जिताउन सफल भएका छन् । तर टिकट बितरणमा मनपरी गरेको आरोप लागेका एमाले नेता रघुवीर महासेठले धनुषाका स्थानीय तह जिताउन सकेनन् ।

जनकपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन् । जनकपुर उमनपासहित प्रदेश नम्बर २ बाट एमालेलाई सिध्याउने कुतर्क गरेका कांग्रेस नेता विमलेन्द्र निधि आफ्नै गृहजिल्ला धनुषाको उपमहानगरमा आधा भन्दा बढी मतले पराजित भएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rupesh Shrestha

    हावा न्युज।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?