एक सात वर्षीया बालिका: जस्ले शाैचालयका लागि बुवालाइ पक्राउ गर्न प्रहरि गुहारिन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
एक सात वर्षीया बालिका: जस्ले शाैचालयका लागि बुवालाइ पक्राउ गर्न प्रहरि गुहारिन

सारांश

  • एक सात वर्षीया बालिकाले आफ्ना बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी छन्।
  • प्रहरीलाई पत्र लेख्दै भारतकि हनिफा जाराले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बुवालाई पक्राउ गर्न आग्रह गरेकी हुन्।
  • हनिफाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको पनि बताएकी छन्।

एक सात वर्षीया बालिकाले आफ्ना बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी छन्। प्रहरीलाई पत्र लेख्दै भारतकि हनिफा जाराले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बुवालाई पक्राउ गर्न आग्रह गरेकी हुन्। हनिफाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको पनि बताएकी छन्।

अझै धेरै भारतीयहरूको घरमा शौचालय छैन र संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय खुल्ला ठाउँमा शौच गर्छन्।

कतिपयको घरमा शौचालय भए पनि त्यसको प्रयोग नगरेको पाइन्छ। दक्षिणी राज्य तमिलनाडुको अम्बुर नगरमा बुवाआमासँगै बस्दै आएकी हनिफाको घरमा कहिल्यै शौचालय भएन। बीबीसी तमिलकी कृतिका कण्णनसँग कुरा गर्दै हनिफाले आफ्नो छिमेकमा केहीको घरमा मात्रै शौचालय भएको बताएकी छन्।

हनिफाका अनुसार उनी नर्सरी कक्षामा पढिरहेको बेला आफ्ना बुवालाई घरमा शौचालय बनाइदिन आग्रह गरेकी थिइन्। उनले भनिन्, “बाहिर शौच गर्ने बेला मान्छेहरूले हेर्दा निकै लाज हुन्थ्यो।” शिक्षा पाएर आफू उत्प्रेरित भएको उनले बताइन्। प्रहरीलाई लेखेको पत्रमा हनिफाले कक्षामा उत्कृष्ट भएपछि आफ्ना बुवाले घरमा शौचालय बनाइदिने वाचा गरेको उल्लेख गरेकी छन्।

पत्रमा उनले लेखेकी छन्, “नर्सरीदेखि नै म कक्षामा उत्कृष्ट हुँदै आएकी छु र अहिले म दुई कक्षामा पढ्छु।” “मेरा बुवाले अहिले पनि शौचालय बनाइदिन्छु भनिरहनुभएको छ। यो एक किसिमको धोका हो। त्यसैले उहाँलाई पक्राउ गरियोस्।” हनिफाका बुवा एहसानुल्लाहले घरमा शौचालय बनाउन थालिसके पनि रकम अभावमा त्यो पूरा हुन नसकेको बीबीसी तमिललाई बताए। उनी अहिले बेरोजगार छन्। उनले भने, “मैले हनिफासँग थप समय मागेँ तर मैले वाचा पूरा गर्न नसकेकोले उनले मसँग बोल्नै छाडिन्।” बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
उडिरहेको जहाजमा मुसा देखेपछि …
उडिरहेको जहाजमा मुसा देखेपछि …
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा
कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ : विश्वप्रकाश शर्मा
सोलुखुम्बुमा समानुपातिकतर्फ कांग्रेस पहिलो
सोलुखुम्बुमा समानुपातिकतर्फ कांग्रेस पहिलो
रेडक्रसलाई एम्बुलेन्स प्रदान
रेडक्रसलाई एम्बुलेन्स प्रदान

तपाईंले छुटाउनुभयो कि?