चट्याङबाट डोटीमा दुई बालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
चट्याङबाट डोटीमा दुई बालकको मृत्यु

सारांश

  • डोटी, २८ चैत ।
  • डोटी जिल्लाको जोरायलमा चट्याङ लाग्दा बुधबार २ बालकको मृत्यु भएको छ ।
  • जोरायल गाउँपालिका– २ डाँडाखालीमा खेम भण्डारीको घरको भान्साकोठामा दिउँसो २ बजेतिर चट्याङ पर्दा सोही घरमा खेलिरहेका भण्डारीका ९ बर्षीय छोरा भुवन भण्डारी र छिमेकी चक्र भण्डारीका छोरा १२ वर्षीय ओमप्रकाश भण्डारीलाई चट्याङ लागेको थियो ।

डोटी, २८ चैत । डोटी जिल्लाको जोरायलमा चट्याङ लाग्दा बुधबार २ बालकको मृत्यु भएको छ । जोरायल गाउँपालिका– २ डाँडाखालीमा खेम भण्डारीको घरको भान्साकोठामा दिउँसो २ बजेतिर चट्याङ पर्दा सोही घरमा खेलिरहेका भण्डारीका ९ बर्षीय छोरा भुवन भण्डारी र छिमेकी चक्र भण्डारीका छोरा १२ वर्षीय ओमप्रकाश भण्डारीलाई चट्याङ लागेको थियो ।

चट्याङले जलेका उनीहरुलाई आफन्तले उपचारका लागि बुडर स्वास्थ्य चौकीतर्फ लगेका थिए । स्वास्थ्य चौकीतर्फ लैजादै गर्दा उनीहरुको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिँहले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?