चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !

सारांश

  • काठमाडौँ, १४ साउन ।
  • नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ ।
  • मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले आज जनाएको छ ।

काठमाडौँ, १४ साउन । नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ । मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले आज जनाएको छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तर्राष्ट्रिय विभाग उपमन्त्री वाङ याजुनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । मन्त्री थापा समाज कल्याण परिषद्का अध्यक्ष समेत हुन् । सो अवसरमा मन्त्री थापाले उक्त समझदारीबाट दुबै मुलुक आर्थिक र सामाजिक विकासका लागि सहकार्य र समन्वयका माध्यमबाट अगाडि बढ्ने बताउँदै दुई देशको सदियाैँ पुरानो सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उपमन्त्री वाङले छिमेकी देश नेपालको विकास र नेपालीको प्रगतिमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।

यसैबीच चीन सरकारले काठमाडौँ महानगरपालिकालाई सडक सफा गर्न दुईवटा ग्लुमर (उपकरण) हस्तान्तरण गरेको परिषद्का कानूनी सल्लाहकार निशा बानियाँले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?