पुल बनेपनि दुवैतर्फको सडक नबन्दा समस्या
सारांश
- अस्बिन खड्का, १४ बैशाख ।
- मेची नदीमाथि पुल बने पनि बाटाे नबन्दा समस्या बढेकाे छ ।
- भद्रपुर स्थित मेची नदिमा अाठ बर्ष लगाएर बनेकाे पुलमा समस्या भएकाे हाे ।
अस्बिन खड्का, १४ बैशाख । मेची नदीमाथि पुल बने पनि बाटाे नबन्दा समस्या बढेकाे छ ।
भद्रपुर स्थित मेची नदिमा अाठ बर्ष लगाएर बनेकाे पुलमा समस्या भएकाे हाे । उक्त पुलकाे वारीपारी सडक नबन्दा सवारी साधन अावत जावत गर्न समया भएकाे हाे ।
तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले ०६६ मा शिलान्यास गर्दै गच्छदारले तीन वर्षभित्र पुल निर्माण सम्पन्न नभए राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए । तर, आठ वर्षपछि मात्र पुल त बन्याे सडक भने बनेकाे छैन ।
पुलपारि सडक बनाउन भारतले चासो नदिएको स्रोतको भनाइ छ । यता नेपालतर्फ भने पुलछेउमै बस्ती छ । पुल सञ्चालनमा ल्याउन धेरै काम बाँकी रहेको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले बताए ।
‘मेची पुल वारिपारि तरकारी किन्नका लागि मात्रै जाने आउने गरेर यहाँको विकास सम्भव छैन,’ मेयर श्रेष्ठले भने, ‘सरकारका तर्फबाट यति ठूलो प्रोजेक्ट बन्यो, पुल ९८ प्रतिशत बनिसकेको छ, तर यहाँ धेरै कुराको व्यवस्थापन गर्न बाँकी छ।’
भद्रपुरमा छोटी भन्सार कार्यालय स्थापना गरिए पनि अव्यवस्थित छ । पुल सरसफाइ र रंगरोगन पनि बाँकी भएकाले सञ्चालनमा आउन समय लाग्नेछ ।
पुलको ५६० मिटर लम्बाइ र ९.८ मिटर चौडाइ छ । पुल हुलाकी राजमार्ग परियोजनाको ३३ करोड लागतमा बनेको हो ।
प्रतिक्रिया