प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १८, २०८०
|
|
२२ पटक हेरिएको
Shares
प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

सारांश

  • काठमाडौं।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटाकुटको घटनाबारेको छानबिन गर्न गठित समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ।
  • सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले अध्यागमन अधिकृतलाई विभागीय कारबाही र असईलाई निलम्बन गर्न सिफारिस गरेको छ।

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटाकुटको घटनाबारेको छानबिन गर्न गठित समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ।

सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले अध्यागमन अधिकृतलाई विभागीय कारबाही र असईलाई निलम्बन गर्न सिफारिस गरेको छ। हिजो समितिको तर्फबाट छानबिन प्रतिवेदन पेस भएको र अहिले अध्ययनको क्रममा रहेको गृह मन्त्रालयले जनाएको छ।

समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो भने घटनास्थलको सीसी क्यामराको फुटेज विश्लेषण गरेको थियो।

माघ १२ मा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उप-सचिव कुल बहादुर जी.सी. रहेको समिति गठन गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?