प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी

सारांश

  • सुर्खेत, १३ भदौ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ ।
  • आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको हो ।

सुर्खेत, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ ।

आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको हो ।

गत वर्ष परेको ६३३ उजुरीमध्ये शिक्षामा २६३, स्थानीय विकासमा १२१, वन तथा भू–संरक्षणमा ६० वटा छन् । तीमध्ये शिक्षाका १७८, स्थानीय विकासका ७१ र वनका ६० उजुरी फस्र्योट गरेको सो कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो । कार्यालयले उक्त अवधिमा ३९३ उजुरी फस्र्योट गरेको छ ।

गत वर्ष पाँच अभियोग पत्र विशेष अदालतमा दायर गर्नाका साथै तीनजनालाई घूस लिँदै गर्दा पक्राउ गरेको थियो । प्रारम्भिक छानविन र विस्तृत अनुसन्धानबाट गरी रु ३७ लाख ४० हजार ५६५ असुल गरेको सूचना अधिकारी सापकोटाले बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले आयोगको एक्लै प्रयासबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने भएकाले यसका लागि सबैको सकारात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीडित परिवारलाई अष्टे«लियाबाट सहयोग
पीडित परिवारलाई अष्टे«लियाबाट सहयोग
अनसनको बहाना बनाएर अस्पताल ध्वस्त पार्न चाहने तत्व सक्रिय !
अनसनको बहाना बनाएर अस्पताल ध्वस्त पार्न चाहने तत्व सक्रिय !
प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा सहयोग गरेको छः सभामुख
प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा सहयोग गरेको छः सभामुख
मुख्यमन्त्रीसँग राससको कार्ययोजनासहितको प्रस्ताव
मुख्यमन्त्रीसँग राससको कार्ययोजनासहितको प्रस्ताव
सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक  मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक  मुख्यमन्त्री पौडेल
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रक्रियाअनुसार राष्ट्रियसभाको चुनाव सकेर कांग्रेसले सरकार छोड्छ : कानुनमन्त्री थापा
प्रक्रियाअनुसार राष्ट्रियसभाको चुनाव सकेर कांग्रेसले सरकार छोड्छ : कानुनमन्त्री थापा
सहकारीका सञ्चालकनै ठगीको आरोपमा पक्राउ
सहकारीका सञ्चालकनै ठगीको आरोपमा पक्राउ
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा