बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  • उर्लाबारी, मोरङ, १४ कात्तिक  मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
  • पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले पैदलयात्री झापा कमल गाउँपालिका–५ बस्ने ४४ वर्षीय लोकबहादुर श्रेष्ठलाई सोमबार साँझ ठक्कर दिएको थियो ।
  • बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

उर्लाबारी, मोरङ, १४ कात्तिक  मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले पैदलयात्री झापा कमल गाउँपालिका–५ बस्ने ४४ वर्षीय लोकबहादुर श्रेष्ठलाई सोमबार साँझ ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र त्यसका चालक बाराको सिमरा–३ घर भएका ४८ वर्षीय वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?