लालझाडीमा ४० जना कुष्ठरोगी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
४१ पटक हेरिएको
Shares
लालझाडीमा ४० जना कुष्ठरोगी

सारांश

  • कञ्चनपुर, २ जेठ , कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगीको पहिचान गरिएको छ ।
  • कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ ।
  • गाउँपालिकाको वडा नं १ र २ मा बढी कुष्ठरोगी रहेका छन् ।

कञ्चनपुर, २ जेठ , कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगीको पहिचान गरिएको छ ।

कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ । गाउँपालिकाको वडा नं १ र २ मा बढी कुष्ठरोगी रहेका छन् । पहिचान गरिएका कुष्ठरोगीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताउनुभयो ।

कुष्ठरोग लागेपछि विगतमा घरभन्दा टाढाको झोपडीमा रोगीलाई राखिँदै आएको थियो । उहाँले भन्नुभयो, “सामाजिक चेतनामा आएको परिवर्तनले कुष्ठरोगीलाई हाल परिवारसँगै राखेर उपचार गरिँदै आएको छ ।”

एनएनएसडब्लुए नामक संस्थाको समन्वयमा एनएलआर नामक संस्थाले कुष्ठरोगबारे जनचेतना जगाउने, उपचारका लागि सहयोग गर्नेलगायतका कार्यमा सहयोग गरिरहेको उहाँको भनाइ रहेको छ । कुष्ठरोग लागेका व्यक्तिलाई स्वास्थ्यचौकीबाट उपचारसँगै निःशुल्क औषधि उपलब्ध गराइँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
सुन तस्करीमा म त भुरा माछा हुँ : अर्थमन्त्री महरा
सुन तस्करीमा म त भुरा माछा हुँ : अर्थमन्त्री महरा
नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै
नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा
सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी
सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी
चौँरी देउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबद्धको मूर्ति स्थापना
चौँरी देउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबद्धको मूर्ति स्थापना
इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त
Pic: Kareena Kapoor Khan accompanies Taimur as he preps for some music lessons
Pic: Kareena Kapoor Khan accompanies Taimur as he preps for some music lessons