चीनबाट आयात ठप्प

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
१६ पटक हेरिएको
Shares
चीनबाट आयात ठप्प

सारांश

  • काठमाडौं, फागुन ६ ।
  • नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ ।
  • तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण चीनबाट आयात ठप्प भएको हो ।

काठमाडौं, फागुन ६ । नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण चीनबाट आयात ठप्प भएको हो ।

चिनियाँको महत्त्वपूर्ण पर्व ल्होसार र कोरोना सङ्क्रमण फैलने डरले दुई देशबीच व्यापारिक कारोबार हुन सकेको छैन । दुई हप्तादेखि चिनियाँलाई नेपाल प्रवेश र नेपालीलाई चिनियाँ भूभागमा जान दिइएको छैन ।

दुवै देशको आवतजावतमा रोक लगाइएपछि चीनबाट नेपालमा सामान आयात भएको छैन । गत जेठ १५ गतेबाट तातोपानी नाका सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा निर्यात भएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा चित्र मिजारले लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?