वैज्ञानिकहरुले पत्ता लगाए पानी, धातु भएको, बाहिरी ग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
वैज्ञानिकहरुले पत्ता लगाए पानी, धातु भएको, बाहिरी ग्रह

सारांश

  • लन्डन, २१ जेठ ।
  • वैज्ञानिकहरुले सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा धातु र पानीको सम्भावना देखेका छन् ।
  • बेलायतको क्यामब्रिज विश्वविद्यालय र स्पेनको एस्ट्रोफिजिका डे केनरियास विश्वविद्यालयका अनुसन्धान टोलिले उक्त खोज गरेका हुन् ।

लन्डन, २१ जेठ । वैज्ञानिकहरुले सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा धातु र पानीको सम्भावना देखेका छन् ।

बेलायतको क्यामब्रिज विश्वविद्यालय र स्पेनको एस्ट्रोफिजिका डे केनरियास विश्वविद्यालयका अनुसन्धान टोलिले उक्त खोज गरेका हुन् ।

यो अहिलेसम्म पत्ता लागेको ग्रहहरुमध्ये सबैभन्दा कम घनत्व भएको ग्रह हो । ग्रहको नाम डब्ल्युएएसपी– १२७ राखिएको छ । आकारमा वृहस्पति भन्दा ठूलो यो ग्रहको वायुमण्डलमा पनि धातु रहेको संकेत गरिएको छ ।

यसको अर्धव्यास वृहस्पतिको भन्दा १.३ गुणा बढी छ । यो सौर्यमण्डलका सबै ग्रहहरुभन्दा ठूलो त छँदैछ , अहिले सम्म पत्ता लागेका अन्य बाहिरी ग्रह भन्दा पृथक छ ।

आफ्नो तारालाई मात्र ४ दिनमा परिक्रमा गर्ने यो ग्रहको सतही तापक्रम ११२७ डिग्री सेल्सियस छ । डब्ल्युएएसपी १२७ बी को अध्ययनले यसको वातावरणमा क्षारीय धातु उल्लेख्य रुपमा रहेको पुष्टि गरेको छ । यसका साथै कुनै बाहिरी ग्रहमा सोडियम, पोटाशियम र लिथियमको मात्रा रहेको यो पहिलो पटक पत्ता लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?