चीनबाट राजदुत पौडेल अकस्मात तानिनुको रहस्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
चीनबाट राजदुत पौडेल अकस्मात तानिनुको रहस्य

सारांश

  • काठमाडौं।
  • चीनका लागि नेपालका राजदूत लिलामणि पौडेल तानिएका छन्।
  • उनी तानिनुमा अनेकन आशंकाहरु गरिएका छन्।

काठमाडौं। चीनका लागि नेपालका राजदूत लिलामणि पौडेल तानिएका छन्। उनी तानिनुमा अनेकन आशंकाहरु गरिएका छन्। तर, यथार्थ विषय अर्कै रहेको जनआस्था साप्ताहिकले यसरी उल्लेख गरेको छ।

बेइजिङस्थित अहिलेको नेपाली दुतावास चार दशकअगाडी बनेको हो । पुरानो भवन भएकोले मक्किएर भत्किन लागेको छ। परराष्ट्रका एकजना उच्च अधिकारीले जनआस्थालाई बताएअनुसार भवनमा पानी पसेर दुःख दिने गर्छ। पौड्याल गएपछि नयाँ भवन बनाउने योजना अगाडी सारे । सोहीअनुसार महिनाअघि नेपाल सरकारले इञ्जिनियर पठायो ।

 चिनियाँ सरकारको रोहबरमा इस्टिमेट भयो । एक अर्ब ४० करोड नेपाली रुपैयाँको लागत तयार भयो र त्यसलाई मन्त्रालयलेृ स्वीकृत पनि ग¥यो । कोरोना भाइरसको संक्रमण नभएको भए यतिबेला नयाँ भवन थालिसक्थ्यो । चीनमा दूई महिनादेखि कोरोना भाइरस संक्रमण भएर सबै काम ठप्प छन्।

लीलामणिलाई फिर्ता बोलाउनुको एउटा कारण त्यहि पैसाको खेल हुनुपर्छ । यति ठुलो बजेट हुँदा कम्तीमा पनि १० करोड रुपैयाँ हो । भ्रष्टाचार नै गर्ने हो भने कम्तमिा ३० करोडजति हिनामिना हुन सक्छ । तर, शाकाहारी र अव्यवहारीक तथा रुखा लीलामणि बेइजिङमा रहँदा सम्म एक पैसा पनि झर्ने कसैले ठानेनन् । 

जम्मा ८ महिना मात्र कार्यविधि बाँकी रहे पनि उनकै कार्यकालमा नयाँ भवन बनाउने परियोजना शुरु हुने निश्चित जस्तै भयो । र खराब व्यापारीहरुले चलखेल गर्न, चुक्ली लगाउन थाले। यसमा मुख्य भुमिका बालुवाटारका एकजना भित्रिया र केही व्यापारीले खेलेको स्रोतले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?