मन्त्रालय रित्तै पारेर विदेश भ्रमणमा कर्मचारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मन्त्रालय रित्तै पारेर विदेश भ्रमणमा कर्मचारी

सारांश

  • काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन्।
  • मन्त्रालयको नेतृत्व गरेका संघीय मामिलामन्त्री लालबाबु पण्डित यतिखेर चीन भ्रमणमा छन्।
  • मन्त्रालयका ५ सहसचिवमध्ये ३ सहसचिव विदेशमै छन् ।

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन्। मन्त्रालयको नेतृत्व गरेका संघीय मामिलामन्त्री लालबाबु पण्डित यतिखेर चीन भ्रमणमा छन्। मन्त्रालयका ५ सहसचिवमध्ये ३ सहसचिव विदेशमै छन् । बाँकी दुई सहसचिव सुरेश अधिकारी र रूद्रसिंह तामाङले मन्त्रालय चलाएका छन्।

मन्त्री पण्डित सोमबार पत्नी र स्वकीय सचिव लिएर चीन गएका हुन्। उनी असोज ५ मा फर्कने कार्यक्रम छ। मन्त्री पण्डितका निजी सचिव र स्वकीय सचिव विदेशमै छन्। निजी सचिव मनोज राई मन्त्रीसँगै चीन भ्रमण गएका छन् भने निजी सचिव रमेश अधिकारी जर्मन भ्रमणमा गएका छन्।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री पण्डित चीनको छेन्दु गएका हुन्। उनीसँग मन्त्रालयका सहसचिव केदार पनेरू गएका छन्। यसैगरी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको प्रशासनिक सम्मेलनमा सहभागी हुन मन्त्रालयका अर्का सहसचिव भूपाल बराल गत साता इन्डोनेसिया गएका छन्। मन्त्रालयका अर्का सहसचिव पुरूषोत्तम नेपाल जर्मनी भ्रमणमा छन्।

आजको नागरिक दैनिकमा खबर छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?