लागुऔषधसहित भारतीय नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १, २०७६
|
|
३६ पटक हेरिएको
Shares
लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सारांश

  • सप्तरीको बोदे बर्साइन नगरपालिका–९ सिमराहाबाट सप्तरी प्रहरीले लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • प्रहरीचौकी काचनबाट खटिएको प्रहरी गस्ती टोलीले भारत विहारका २० वर्षीय जीतेन्द्रकुमार यादव र २२ वर्षीय शङ्कर यादवलाई पक्राउ गरेको जनाएको छ ।
  • नेपाल–भारत सीमा छेउमा बिआर ३२ वाई ४२६५ नम्बरको मोटरसाइकल पार्क गरी कुरा गरिरहेका उनीहरूलाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–९ सिमराहाबाट सप्तरी प्रहरीले लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीचौकी काचनबाट खटिएको प्रहरी गस्ती टोलीले भारत विहारका २० वर्षीय जीतेन्द्रकुमार यादव र २२ वर्षीय शङ्कर यादवलाई पक्राउ गरेको जनाएको छ ।

नेपाल–भारत सीमा छेउमा बिआर ३२ वाई ४२६५ नम्बरको मोटरसाइकल पार्क गरी कुरा गरिरहेका उनीहरूलाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार शङ्करले हातमा बोकेको झोलाबाट नाइट्राजेपाम ट्याब्लेट १० पत्ता (१०० वटा) र डाइलेक्स–डिसी १० बोतल फेला परेको छ । यसैगरी जीतेन्द्रको साथबाट १०÷१० वटा डाइजेल्याब इन्जेक्सन, नोफिन इन्जेक्सन र फेनारगन इन्जेक्सन फेला परेको छ । दुवै जना भारतीय नागरिकविरुद्ध लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले बताउनुभयो ।

लागुऔषधसहित युवक पक्राउ

सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित लोकमार्गबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ११ का २० वर्षीय दिनेश चौधरी १५ वटा लागुऔषध नाइट्रोजन ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१प ८१४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक चौधरी सामान्य घाइते भएका थिए । चौधरीको शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

नाइट्रोजन ट्याब्लेट र मोटरसाइकलसहित चौधरीलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशील ज्ञवालीले ‘लजाउँदै लजाउँदै’ बोलको गीत सार्वजनिक
सुशील ज्ञवालीले ‘लजाउँदै लजाउँदै’ बोलको गीत सार्वजनिक
मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ
मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ
नयाँ कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने
नयाँ कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने
For what reason Do People Think That Internet dating Is Worth It? Here Is Some Of The Benefits Of Online Dating!
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार
गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार
एसइई पूरक परीक्षाको मिति सर्‍यो, अब भदौ १ देखि ११ गतेसम्म
एसइई पूरक परीक्षाको मिति सर्‍यो, अब भदौ १ देखि ११ गतेसम्म
एमाले संसदीय दलको बैठक अघि रणनीति तय गर्न माधव समूहको सांसदहरुको बैठक
एमाले संसदीय दलको बैठक अघि रणनीति तय गर्न माधव समूहको सांसदहरुको बैठक
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि
इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि

तपाईंले छुटाउनुभयो कि?