चीनमा रहेका नेपालीलाई कोरोनाको संक्रमण नभएको दावी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
चीनमा रहेका नेपालीलाई कोरोनाको संक्रमण नभएको दावी

सारांश

  • काठमाडौं।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।
  • बिहीबार भएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताए।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।

बिहीबार भएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताए।

कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।

अध्ययनका क्रममा वा कामका क्रममा चीन गएका नेपालीहरुमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउँदै उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए।

‘फिर्ता बोलाउने तयारी छ। तर अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन। फिर्ता बोलाएपछि अमेरिका लगायतका देशहरुले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेको छ। हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ। आर्मीले आफ्नो ब्यारेकमा कतिसम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ। फिर्ता बोलाएपछि उहाँहरुलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ’, उनले भने।

स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको बताए। उनका अनुसार चीनसँग जोडिएका नाकाहरुमा पनि निगरानी सुरु गरिएको छ। रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उनले बताए।

वुहानमा रहेका नेपाली विद्यार्थीहरुले आफुहरुको उद्धार गर्न चीनमा रहेको नेपाली दुतावासलाई आग्रह गरेका छन्। चीन लगायत विश्वका दर्जन बढी देशहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म १७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ।   

(https://nelsonjsalon.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस र मधेशवादी दलको चुनावी तालमेल अन्यौलमा
कांग्रेस र मधेशवादी दलको चुनावी तालमेल अन्यौलमा
ट्रम्प बेलायती राजदुतसँग किन फायर ?
मुलुककै चासोको क्षेत्र झापा ३: चुनावी दौडमा सिटौला र लिङ्देन
मुलुककै चासोको क्षेत्र झापा ३: चुनावी दौडमा सिटौला र लिङ्देन
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई
भोलीबाट अनशन बस्ने डा. केसीको चेतावनी
भोलीबाट अनशन बस्ने डा. केसीको चेतावनी
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञहरू छिनेकाे हात जाेड्न सफल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञहरू छिनेकाे हात जाेड्न सफल
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा  तनाव !
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा तनाव !