भोलीबाट अनशन बस्ने डा. केसीको चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
भोलीबाट अनशन बस्ने डा. केसीको चेतावनी

सारांश

  • काठमाडौं, १६ पुस ।
  • डाक्टर गोबिन्द केसीले आफुसंग गरिएको सम्झैता अनुरुप चिकित्सा शिक्षा बिधेयक संसदमा दर्ता गर्न आज सम्मको अल्टिमेटम दिएका छन् ।
  • विगतमा सरकार र आफुबीच भएको सहमति कार्यान्वयन नभए भोलिदेखि अनसन थाल्ने उनले चेतावनी दिएका हुन् ।

काठमाडौं, १६ पुस । डाक्टर गोबिन्द केसीले आफुसंग गरिएको सम्झैता अनुरुप चिकित्सा शिक्षा बिधेयक संसदमा दर्ता गर्न आज सम्मको अल्टिमेटम दिएका छन् । विगतमा सरकार र आफुबीच भएको सहमति कार्यान्वयन नभए भोलिदेखि अनसन थाल्ने उनले चेतावनी दिएका हुन् ।

सरकार र डा. केसी बीच चिकित्सा शिक्षा बिधेयक गत साउन १० मा सहमति भएको थियो । उक्त सहमति अनुसार बिधेयक संसदमा दर्ता हुन आलटाल गरिएको भन्दै उनी आक्रोशित बनेका हुन् ।

हिजो एक विज्ञप्ती जारी गर्दै केसीले विगतमा भएको नांै बुँदे सहमति सिघ्र्र कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । यता, संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलका क्रममा रहेको विधेयकलाई संसदमा पेश गर्ने चरणमा पुगिएको समितिका सदस्य योगेश भट्राइले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?