आसमा बित्यो तीन वर्ष, अझै कति…

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
आसमा बित्यो तीन वर्ष, अझै कति…

सारांश

  • लाप्राक (गोरखा) – गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन।
  • सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।
  • ‘एक वर्षसम्म घर कहाँ बनाउने भन्ने अन्यौल रह्यो, एनआरएनको आशमा दुई वर्ष बित्यो’ लाप्राककी स्थानीय मैयाँ गुरुङले भनिन् ‘सरकारले अनुदान नदिने रे, एनआरएनको घर तयार भएको छैन टहरामै नबसेर के गर्नु ?

लाप्राक (गोरखा) – गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।

‘एक वर्षसम्म घर कहाँ बनाउने भन्ने अन्यौल रह्यो, एनआरएनको आशमा दुई वर्ष बित्यो’ लाप्राककी स्थानीय मैयाँ गुरुङले भनिन् ‘सरकारले अनुदान नदिने रे, एनआरएनको घर तयार भएको छैन टहरामै नबसेर के गर्नु ?’ लाप्राक सिङ्गो गाउँको साविक गाविस हो । उक्त गाउँ भूकम्प अघिदेखि पहिरोको जोखिममा थियो । भूकम्पपछि थप पहिरोको जोखिममा रहेको लाप्राकका स्थानीय गुप्सिपाखा सर्ने तरखरमा थिए। एनआरएनले गुप्सिपाखामा सबै घर निर्माण गरेर सिङ्गो गाउँ नै पुन:निर्माण गर्ने सम्झौता गरेपछि लाप्राकी घर पर्खिरहेका छन्। तर एनआरएनको लाप्राक एकीकृत बस्ती निर्माणको काम निकै सुस्त छ।

पाँच सय ७३ घरधुरीको निर्माण तीन पाँच महिना अघि गएको ‘डिसेम्बर’ मा सिध्याउने पूर्व अध्यक्ष शेष घलेले उद्घोष गरेका थिए। त्यसयता भवन भट्ट अध्यक्ष भएको पाँच महिना पुग्यो तर अहिलेसम्म लाप्राक पुन:निर्माण सकिएको छैन र अझै केही महिना सम्पन्न हुने छाँटकाँट देखिँदैन।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद
लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद
ढुंगेल – १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने ,दुर्भाग्यपूर्ण : माओवादी केन्द्र .
ढुंगेल – १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने ,दुर्भाग्यपूर्ण : माओवादी केन्द्र .
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी
चैत ८ गतेदेखि एसइई परीक्षा, पहिलो दिन अनिवार्य अंग्रेजी
चैत ८ गतेदेखि एसइई परीक्षा, पहिलो दिन अनिवार्य अंग्रेजी
निर्धन उत्थान बैंक लिमिटेडलाइ एक अरब रुपैयाँ कर्जा !
निर्धन उत्थान बैंक लिमिटेडलाइ एक अरब रुपैयाँ कर्जा !
राजनीतिक शेयर बजारमा  बाबुराम भट्टराईको मूल्यवृद्धि !
राजनीतिक शेयर बजारमा बाबुराम भट्टराईको मूल्यवृद्धि !
गुल्मीमा ४५ प्रतिशत मत खस्यो
गुल्मीमा ४५ प्रतिशत मत खस्यो
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल
प्रमुख र मुकाम तोक्न हच्कियो सरकार
प्रमुख र मुकाम तोक्न हच्कियो सरकार
कैलालीको नदी कटान र डुबान समास्या समाधान गर्छु– डा आरजु
कैलालीको नदी कटान र डुबान समास्या समाधान गर्छु– डा आरजु

तपाईंले छुटाउनुभयो कि?