चीनले विकास गर्यो पुनःप्रयोग गर्न मिल्ने यान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २३, २०७७
|
|
२९ पटक हेरिएको
Shares
चीनले विकास गर्यो पुनःप्रयोग गर्न मिल्ने यान

सारांश

  • चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ ।
  • अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ ।
  • उक्त यान गत शुक्रबार जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो ।

चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ ।

उक्त यान गत शुक्रबार जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो । तर गोप्य रुपमा विकास गरिएको यस अभियानका बारेमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

चीनको सरकारी समाचार समाचार संस्था सिन्ह्वाले एक अधिकारीको भनाई उद्धृत गर्दै उक्त यान जिक्वान अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ । तर यानको तस्वीर भने प्रकाशन गरिएको छैन, न त यानको आकार र प्रकारका बारेमा नै केही बताइएको छ ।

सिन्ह्वाले यस अभियानको सफलताले चीनको अन्तरिक्ष यात्रामा एउटा महत्वपूर्ण कोशेढुंगा हासिल भएको जनाएको छ ।

चीनले यसअघि सन् २००३ मा पहिलो पटक अन्तरिक्षमा एक व्यक्तिलाई पठाएको थियो । गत वर्ष चीनले चन्द्रमाको सबैभन्दा टाढाको स्थानमा रोभर रोबोट अवतरण गराएको थियो ।

अर्को यस्तै खोज रोबोट अहिले मंगलग्रहमा पठाइएको छ ।

संयुक्तराज्य अमेरिका र रसिया दुई मुलुकले मात्र हालसम्म पुनः प्रयोग योग्य अन्तरिक्ष यान निर्माण गर्ने सफलता प्राप्त गरेका छन् । एपी

(Modafinil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदान नभइ बिजेपीले जित्यो तीन सिट
मतदान नभइ बिजेपीले जित्यो तीन सिट
अत्याधुनिक बसपार्क निर्माणमा ठेकेदारको लापर्बाही
अत्याधुनिक बसपार्क निर्माणमा ठेकेदारको लापर्बाही
स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा समावेश
स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा समावेश
काठमाडौँका ७ वर्षीय बालकमा कोरोना
सहकारी संस्थालाई वित्तीय अनुशासन पालना गर्न आग्रह
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
माथिल्लो तामाकोशीः तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु
माथिल्लो तामाकोशीः तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु
मनाङ एयरको हेलिकप्टर दुर्घटना
मनाङ एयरको हेलिकप्टर दुर्घटना
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी

तपाईंले छुटाउनुभयो कि?